फिस्टेल एयरको हेलिकप्टर इनरुवामा आकस्मिक अवतरण

काठमाडौं । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ ।

काठमाडौंबाट विराटठनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हेलिकप्टर सुरक्षित अवतरण गरिएको छ ।

तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको प्रहरी नायव उपरीक्षक डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

हेलिकप्टरमा २ चालक दलका सदस्य र २ यात्रु सवार थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.