भूतपूर्व ब्रिटिश गोर्खा गुरुङ दोश्रो पटक काउन्सिलर पदका लागि उत्रिए चुनावी मैदानमा

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोश्रो पटक काउन्सिलर पद जित्नका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघि हेल वडाबाट काउन्सिलर जितेर दुई वर्ष उपमेयर भइसकेका गुरुङ यो पटक नयां वडामा प्रतिष्पर्धामा उत्रिएका हुन् ।

गुरुङ सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडामा प्रतिष्पर्धा गर्दै छन् ।

बेलायतको इलेक्टोरल बाउन्ड्री कमिशनले प्रत्येक १० वर्षमा ‘बाउण्ड्री रिभ्यू’ गर्ने भएकाले उनलाई नयां वडा परेको हो । करिब साढे ९ हजार मतदाता रहेको उक्त वडा नयां र दुई जना काउन्सिलर उठेकाले गुरुङलाई यसपटक चुनौती देखिएको छ ।

‘हेल र एजवेयर मिसिएर नयां वडा बनाइएकाले परिणाम अहिले नै भन्न सकिने स्थिति छैन्’, गुरुङले भने, ‘नयां मार्जिनल वडा भएकाले अपोजिसनले पनि चुनावी अभियान तयारी तीव्र गरेको छ । हेरौं के हुन्छ ।’

अहिले गुरुङ घर घर गएर पर्चा पम्पलेट वितरण गर्ने, मतदाताको राय, समस्या र उनीहरुका इच्छा बुझ्ने, आफ्नो परिचय दिने काममा व्यस्त छन् ।

ब्रिटिश आर्मीमा १८ वर्ष बिताएका उनलाई गोर्खा र नेपाली समुदायले पनि चुनावी अभियानमा साथ दिएका छन् । गुरुङ बेलायतको स्थानीय राजनीतिमा नलाग्दासम्म एनआरएनए केन्द्र र बेलायतमा लामो समयसम्म सक्रिय थिए ।

भौतिक विकास निर्माण, स्थानीय समुदाय र जनताको समस्या निराकरण, छिमेकी बरोतिर काउन्सिल ट्याक्स बढाएपनि आफ्नो नबढाउने (फ्रिज गर्ने), फोहोर बिन कलेक्सन साप्ताहिक गर्ने, अपराध न्यूनीकरण, बार्नेटको शिक्षास्तर उच्च स्थानमा रहेकाले यसलाई अझ बढाउने, सडक, पेटी मर्मत गर्ने आदि एजेण्डा छन् गुरुङका ।

बेलायतमा आंउदो ५ मे, २०२२ मा स्थानीय निर्वाचनको तयारी छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.