प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, संसद बैठक आह्वानका लागि सिफारिसको सम्भावना

काठमाडौँ । आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

संसद पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

मंगलबार वेलुका सर्वोच्चले संसद विघटनको निर्णय असंवैधानिक रहेको ठहर गर्दै पुनःस्थापनाको फैसला सुनाएको थियो।

यस्तै, सर्वोच्चले १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको छ।

संसद पुनस्स्थापना पछि पहिलो पटक बस्न लागेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ।

सर्वोच्चले पुष ५ गते प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै सरकारमा बहुमत कायम रहेको र वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहेको स्थितिमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको निष्कर्ष निकालेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.