नेपालमा कोरोना : थप एक हजार ४७६ जनामा संक्रमण पुष्टि, कति भए निको ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७६जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ। देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.