जब वडा अध्यक्ष नै तस्करीमा लागेपछि…

बर्दिया । गुलरिया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद पासीे भारतबाट अवैध रुपमा सामान ल्याइ तस्करीमा लागेको खुलासा भएको छ।

टेपरी स्थित भारतबाट अबैधरुपमा तस्करी गरी सोही गाउका सुन्दर प्रसाद थारुको घरमा लुकाइ छिपाइगरी राखेको अवस्थामा करिब ३६००० रुपैयाँ बराबरको हार्डवयरका सामानहरु बरामद भएको हो।

एमसिल ४ डिब्बा, मोटरको चेकवाल ३६ वटा, वासर २४ वटा, चेकवाल ६० वटा, बाउन्ड ४० वटा र नटबोल्ड ४० किलो हार्डवयरका सामान बरामद भएको छ।

सुराकीको आधारमा सशस्त्र बेसक्याम्प ३१ नम्बर गण मातहत फरवार्ड वेस टेपरिबाट सप्रसनी वीर बहादुर चन्द्को कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरी भन्सारमा बुझाएको छ।

कोभिडको दोस्रोलहरले जनताहरुलाइ अक्रान्त बनाइरहेको बेला जनप्रतिनिधि ले जनताको जीवन रक्षाको लागि रातदिन खटिनु पर्नेमा आफै तस्करीमा लाग्नु कत्तिको जाएज हो भनी स्थानीयले प्रश्न समेत गरेका छन्।