गृहमन्त्रालयकाे निर्दशनमा प्रशासनले लियाे एक्सन: एकैदिन १ सय १८ पक्राउ

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले लकडाउनलाई जारी राखेको छ।

यही क्रममा कोरोनाबाट बच्न र बचाउन तथा प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय बाराले मास्क लगाउन कडा उर्दी जारी गरेको थियो। गत असार १६ देखी १८ गतेसम्म मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण गरि लगातार ३ दिनसम्म अभियान संचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त सुचनाको अवज्ञा गरि बिना मास्क व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरू मध्ये १२८  जनालाई पक्राउ गरिएको थियो।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रति व्यक्ति एक सय रुपैया जरिवाना लिएर छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.