कोरोनाको खोप लगाएपछि दोलखामा धमाधम बिरामी पर्दै

दोलखा । दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड खाेप लगाएकाहरु बिरामी पर्न थालेका छन् । माघ १४ गते बुधबार पहिलो दिन खाेप लगाएकाहरू बिरामी पर्न थालेका हुन्।

स्राेतका अनुसार सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बिरामी पर्न थालेका हुन् ।

बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्। ‘बिरामी पर्न थालेको जानकारी प्राप्त भएको’ जनाउँदै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले भने, ‘सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नुपर्ने बिरामी भएका छैनन् ।’

एक महिला स्वास्थ्य स्वयंसेविकाले टेलिफोनमा भनिन्, ‘भ्याक्सिन लगाएदेखि नै ज्वरो हन्हनी आएको छ, राम्रोसँग बोल्न समेत हुँदैन, पहिला पहिला सुनेको कोरोना लागेजस्तो भएको छ।’

ती महिलाका अनुसार खोप लगाएका अरुसँग बुझ्दा अरुलाई पनि त्यस्तै लक्षण देखिएको छ । दुईदिनसम्म लगाइसकिएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो ।

बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्याक्सिन लगाएका अधिकांशलाई ज्वरो आएको बताए ।

पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.