केन्द्रीय सदस्य गुरुङ्गले अध्यक्ष यादवमाथि लगाए गम्भीर आरोप

काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा समाजवादी तमु राष्ट्रिय परिषदको संरक्षक संयोजक विनोद कुमार गुरुङ्गले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कारण पार्टीलाई पुरानो राजनीतिक पार्टीहरुको विकल्पमा तेस्रोधारको वैकल्पिक राजनीतिक शाक्ति बनाउन नसकेको आरोप लगाएका छन् ।

उनले हस्ताक्षरसहितको एक पत्र जारी गर्दै अध्यक्ष यादवमाथि गम्भीर आरोप लगाए । उनले भने, ‘जसपामा आजसम्म बसेको बैठकहरुको निर्णय केन्द्रीय अध्यक्षले कार्यन्वयन गरेनन् । पार्टीको वैचारिक, राजनीतिक तथा संवैधानिक लाइन विषयमा केही पनि नयाँ छैन, स्वयं अध्यक्षले सबै चिज पोलेर खानुभयो ।’

त्यस्तै उनले जसपा निर्माणको महान समर अभियानमा देश र जनताको मुक्तिका लागि बनेको वैकल्पिक शक्ति निर्माणको महान अभियान पार्टीहरुको एकता, संयोजन, एकीकरण, अस्तित्व सही ढंगबाट विचारधारात्मक तथा संगठानिक रुपमा रुपान्तरण गर्न सकिएन अध्यक्ष यहि नि चिप्लिएर फेल भएको आरोप लगाए ।

उनले भने, ‘जसपा पार्टी एउटा एकल मोर्चा रहिरहने बनाएर राखियो, पार्टी निर्माणमा रुपान्तरण कहिल्यै राजनीतिक शुद्धीकरण गरेर अध्यक्षले अगाडी बढाउन सकेनन्।’

त्यसैगरी उनले पत्रमार्फत अब तमुवान, लिम्बुवान, मगरात, नेवाः, ताम्सालिंग, शेर्पा लुङ, थारुवान, दलित्वान मुख्य संविधान र राजनीतिक एजेण्डासहितको मुद्दामा अध्यक्षले कानमा तेल हालेर टुलुटुलु हेरेर बसेकाले अब उप्रान्तः केन्द्रीय अध्यक्ष यादवले राखेको गुटको बैठकमा मेरो सहभागी नहुने जानकारी गराए ।

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.