काठमाडौं उपत्यकामा ४१९८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १९८जना व्यक्ति कोरोना संक्रमित भएका छन्। काठमाडौंमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज देशभर ८ हजार ७७७ जना पिसिआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८७ जनाको पिसिआर ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै नेपालमा ३ हजार ६८४ जना संक्रमितको निधन भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.