काठमाडौंमा थप १५ दिन लकडाउन गर्ने निर्णय

काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण बढेसँगै संक्रमणको चेनब्रेक गर्नका लागि सरकारले गत १६ गतेदेखि काठमाडौं उपत्यकालगायत बाहिरी जिल्लाहरुमा निषेधाज्ञा लागू गरेको छ।

तर, बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिए पनि संक्रमणको दर नघटेपछि निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते राती १२ बजेपछि सकिँदैछ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.