एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउनु पर्नेमा चित्रबहादुर केसीको जोड

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउनु पर्नेमा जोड दिएका छन्।

आइतबार सर्वोच्च अदालतको फैसलाले संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने राजनीतिक अन्यौलता सिर्जना गरेसँगै जनमोर्चाका अध्यक्ष केसीले यस्तो जोड दिएका हुन्।

अध्यक्ष केसीले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेकपाको एकीकरण भएर वा एमाले र माओवादी केन्द्र मिलेर सरकार गठन गर्नु उपयुक्त हुने जनाएका छन् ।

अहिलेको परिस्थितिमा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने उनको भनाई रहेको छ ।

‘नेकपाको एकीकरण भएर वा एमाले र माओवादी केन्द्र कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ,’ विज्ञप्तिमा लेखिएको छ।

नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने भन्दै केसीले राष्ट्रिय एकताको खाँचोसमेत औंल्याएका छन् ।

अहिले देश खतरामा गइरहेको र खतराविरुद्ध राष्ट्रिय एकताको खाँचो भएको अध्यक्ष केसीको भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.