उपत्यकामा सवारी आवागमन बढ्दै, चेकजाँचमा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवारबाट थप ११ दिनका लागी निषेधाज्ञाको समय थपिएको छ । निर्माण सामग्री ढुवानीका र वर्कशप संचालनमा आएसँगै सवारीको चाप पहिलेभन्दा बढ्न थालेको छ ।

स्थानीय प्रशासनले आजबाट विहान ९ बजेसम्म किराना, डिपार्टमेन्ट स्टोर र सवारी मर्मत केन्द्रहरु खोल्न दिने निर्णय गरेको छ । यसअघिको भन्दा सामान्य सहजीकरण गरेको प्रशासनले चेकजाँचमा भने कडाई गरेको छ ।

​काठमाडौंको बानेश्वर, चावहिल, कोटेश्वर, पुतलीसडक लगायतका स्थानमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले सवारी पास भएका तर लाइसेन्स नभएका सवारीलाई पनि होल्ड गरेर कारवाही गरिरहेको छ ।

शुक्रबार ११ बजेसम्म १ हजार दुई सय ५३ वटा सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसमध्ये ८ सय ९३ वटा दुईपांग्रे सवारीसाधन कारवाहीमा परेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.