सडक हामी आफ्नै भूमिमा बनाएका छौं: भारत (विज्ञप्तिसहित)

काठमाडौं । भारतले तिब्बतको मानसरोबर जोड्न बनाइएको सडक आफ्नै भूमिमा बनाएको बताएकाे छ। नेपालले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको भन्दै चासो जनाएपछि भारतले एक विज्ञप्ति निकाली उक्त सडक आफ्नै भूमिमै बनाएको बताएकाे हाे।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो । भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति निकाल्दै सडक भारतीय क्षेत्रमा नै बनेको बताएकाे छ।

‘यो सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको छ’ वक्तव्य भनेको छ । नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै उसले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको छ ।

दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको समेत भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *