सैनिक अस्पतालले मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग्यो, स्टाफ नर्स मात्रै ५० जना माग

काठमाडौं । नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

त्यस्तै, १० जना बिएनरबिएस्सी नर्स माग गरिएको छ । बिएनरबिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् । एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

लोक सेवा आयोगद्धारा शाखा अधिकृतका सबै विज्ञापन स्थगन

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित सबै विज्ञापन स्थगन गरेको हो ।

तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुला तथा समावेशी समूहका सबै विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।

यसमा अहिलेलाई आवेदन लिन बन्द गरिएको आयोगको सूचनामा उल्लेख छ।

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।

आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ ।

यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ । १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।

इजरायल जान छानिए ११७५ जना श्रमिक (नामावलीसहित)

काठमाडौं । इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो ।

इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।

इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो ।

नेपाली सेनामा प्राविधिकतर्फ ७७ अधिकृत पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरुमा दरखास्त आव्हान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले असोज ६ गते बुधबार सूचना प्रकाशित गर्दै दरखास्ता आव्हान गरेको हो ।

सेनाले जारी गरेको सूचनामा भनिएको छ–‘नेपाली सेनाका स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरुमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई रु. १० को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।’

नेपाली सेनाले २१ वटा फरक फरक पदमा गरी ७७ जना कर्मचारी माग गरेको हो ।

गुप्तचरमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ।

विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको हो।

अनुसन्धान अधिकृत २१ जना माग भएको छ। अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।

अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।

यस्तो छ विभागको विज्ञापन

अमेरिकाको सहयोगमा संचालित प्रोजेक्टले १८ जिल्लाको लागि १०+२ गरेका कर्मचारी माग्यो

Position: Community Trainer

Project: KISAN II Project

Employment Type: Part Time

Number of Vacancies: Few

Minimum Education: 10+2 or equivalent

Job Location:

BAGMATI PRADESH

  • Sindhupalchowk: Melamchi Nagarpalika (Ward 11), Indawati Gaupalika (Ward 4, 6), Helambu Gaupalika (Ward 3, 4, 7)
  • Kavre: Panauti Nagarpalika (Ward 4, 8), Banepa Nagarpalika (Ward 1, 2, 3, 4), Mandandeupur Nagarpalika (Ward 7), Panchkhal Nagarpalia (Ward 12)
  • Nuwakot: Bidur Nagarpalika (Ward 3), Belkotgadhi Nagarpalika (Ward 11, 13), Dupcheshwor Gaupalika (Ward 5, 6), Panchkanya Gaupalika (Ward 2), Likhu Gaupalika (Ward 4)
  • Makwanpur: Thaha Nagarpalika (Ward 1, 4, 11), Manahari Gaupalika (3, 6, 7, 8, 9)

LUMBINI PRADESH

  • Kapilvastu: Banganga Nagarpalika (Ward 3, 5, 6, 10, 11), Kapilvastu Nagarpalika (Ward 6), Shuddhodhan Gaupalika (Ward 1)
  • Palpa: Tansen Nagarpalika (Ward 12, 14), Baganashkali Gaupalika (Ward 2, 3), Mathagadhi Gaupalika (Ward 3), Rainadebi Chhahara Gaupalika (1, 2, 5), Rebdikot Gaupalika (Ward 2, 3, 4, 5, 6, 7, 8)
  • Arghakhanchi: Bhumikasthan Nagarpalika (Ward 5, 6, 7, 8), Sandhikhark Nagarpalika(Ward 1, 2, 3, 4, 6, 8, 11, 12), Panini Gaupalika (Ward 8), Malarani Gaupalika (Ward 4)
  • Rukum: Musikot Nagarpalika (Ward 4, 6), Sanibheri Gaupalika (1, 2, 3, 9)
  • Dang: Shantinagar Gaupalika (5, 6, 7), Babai Gaupalika (Ward 6)
  • Banke: Khajura Gaupalika (Ward 2, 3, 5, 6, 7), Baijanath Gaupalika (1, 3, 5, 6, 8), Rapti Sonari Gaupalika (Ward 2, 3, 5, 8, 9), Janaki Gaupalika (Ward 1, 2, 3, 4)
  • Bardiya: Gulariya Nagarpalika (Ward 4, 8), Madhuban Nagarpalika (7, 8, 9), Rajapur Nagarpalika (Ward 5, 10), Bansgadhi Nagarpalika (Ward 4, 5), Barbardiya Nagarpalika (Ward 10, 11), Thakurbaba Nagarpalika (Ward 4, 7, 8), Badhaiyatal Gaupalika (Ward 4, 5)

KARNALI PRADESH

  • Salyan: Bagchaur Nagarpalika (Ward 1, 2, 3, 5, 10), Darma Gaupalika (Ward 2, 3, 5)
  • Surkhet: Barahtaal Gaupalika (Ward 5, 7, 8, 10), Gurbhakot Nagarpalika (Ward 5, 6, 8, 9)
  • Dailekh: Narayan Nagarpalika (Ward 2), Mahabu Gaupalika (Ward 1, 2), Naumule Gaupalika (6)

SUDURPASHCHIM PRADESH

  • Kanchanpur: Belauri Nagarpalika (Ward 1, 3, 7), Krishnapur Nagarpalika (Ward 1, 5, 6, 7, 8), Shuklaphata Nagarpalika (7)
  • Kailali: Bhajani Nagarpalika (Ward 1, 2, 3, 4, 5), Godawari Nagarpalika (Ward 2, 3, 4, 8), Joshipur Gaupalika (Ward 2, 3, 4)
  • Dadeldhura: Amargadhi Nagarpalika (Ward 1), Parashuram Nagarpalika (Ward 4, 5, 8, 11, 12), Nawadurga Gaupalika (Ward 1, 2), Ganyapdhura Gaupalika (Ward 3)
  • Doti: Dipayal Silgadhi Nagarpalika (Ward 5, 9), Shikar Nagarpalika (Ward 6, 8, 11), Jorayal Gaupalika (Ward 3, 4)

Interested candidates may send their application along with copies of citizenship and qualification related documents to kisan2deprosc@gmail.com or DEPROSC Nepal PO.Box No. 10953, Kathmandu or KISAN 2 Project Head, Regional, Cluster or Area offices by 2077/12/16.

वैदेशिक रोजगारको अवसर : आकर्षक तलबसहित कतारमा भारी संख्यामा पुरुष कामदारको माग

काठमाडाैँ । कतारको स्ट्राक सेक्युरिटी सर्भिस नामक एक कम्पनीले भारी सख्यामा पुरुष कामदारको माग गरेको छ । कम्पनीले १ सय ७५ जना पुरुष कामदारको माग गरेको हो ।

कामदार स काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४७ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले एड्भान्स म्यानेजमेन्ट ग्रुप प्रा ली सामाकोशी २६ काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

कतारले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, तलब कति ?

काठमाडाैँ । कतारको दोहा शहरमा रहेको चाइना रेलवाइ एटीनस् बुरेउ ग्रुप कम्पनी र बुन्जर इभेन्टस् कम्पनीले भारी सङ्ख्यामा नेपाली महिला पुरुष कामदारको माग गरेको छ ।

कम्पनीले कार्पेन्टरमा ५० जना पुरुष, मसोनमा ५० जना पुरुष प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरि जम्मा १२५ जना नेपाली कामदारको माग गरेको हो ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३८ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले मोविरा रिक्युटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा ली बुढानिलकण्ठ ६ हात्तिगौडा चक्रपथ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : १२७ युवाले गाउँमै रोजगारी पाए

खाेटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७ युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो ।

ती युवालाई प्रतिव्यक्ति जनही दैनिक रु ५१७ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । “हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ”, उनले भने, “ कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।”

ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा सार्वजनिकस्थल नजिक खाली रहेको जग्गामा फलफूलका बिरुवा रोप्नेलगायतका काममा खटाइएको छ । यही जेठ १ गतेबाट परिचालन गरिएका युवालाई रोजगार उपभोक्ता समितिले काममा खटाउने तथा हाजिरी राख्नेलगायतका काम गर्दै आएको रोजगार कोषका संयोजक कुमारप्रसाद दाहालले बताए ।

छ वडा रहेको उक्त गाउँपालिकामा सो कार्यक्रमका लागि रु २० लाख दुई हजार बजेट रहेको जनाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

हरेक दिन बिहान ९ देखि बेलुका ५ बजेसम्म काममा खटिने युवाले गरेका कामलाई प्रभावकारी बनाउन अनुगमनसमेत गर्ने गरिएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपप्रमुख समला राईले जानकारी दिए । अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी भएको पाइएको संयोजक उनले बताए ।

सो कार्यक्रममा रोजगार गुमाएर जिल्ला फर्किएका युवालाई समेत सहभागी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिए । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकामा बन्दाबन्दीको मारमा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने काम पनि भइरहेको जनाइएको छ ।

११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा प्रतिवडा रु तीन लाख ५० हजारका दरले हरेक वडा कार्यालयमा बजेट पठाएर कार्यक्रम शुरु गरिएको नगरप्रमुख इवन राईले बताए । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा समेत उक्त कार्यक्रम लागू भएको जनाइएको छ । रासस