बारामा जिप दुर्घटना, एक जनाको मृत्यु १२ जना घाइतेछ

 

बारा, वैशाख १-

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअगाडि गरिने नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन्। नयाँ वर्षको अवसरमा मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले यसले तालमेलले कुनै पार्टीलाई पनि राम्रो नगर्ने बताए।

उनले तालमेल नेपालको लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भनेर उचित समयमा छलफल गर्नैपर्छ, बहस गर्नैपर्छ भन्ने लाग्छ। स्थानीय निर्वाचनमा स्थानीय मुद्दाभन्दा पनि बढी गठबन्धनको विषयले चर्चा पाएकोमा पनि उनले असन्तुष्टि जनाए।

‘मैले केही समयअघि केन्द्रीय समिति बैठकमा राखेको कुरा स्मरण गर्छु, राजनीतिक व्यवस्था, खासगरी संसदीय व्यवस्थाभित्र दलहरुका बीचमा तालमेल नहुने होइन। तर हामी जुन खालको तालमेलको संस्कृतितर्फ जाँदैछौँ। यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन,’ उनले भने।

आफू तालमेलको पक्षमा नभए पनि पार्टीको निर्णय मानेको र मान्नुपर्ने उनको भनाइ छ। ‘बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भनेर निर्णय गरेपछि त्यसलाई मानेको छु, मान्नुपर्छ,’ उनले भने।

थापाले तल्ला समितिले तालमेल गर्छौं भन्छन् भने तालमेल हुने र गर्दैनौं भन्छन् भने माथिले थोपर्न नपाउने बताए। थोपरेर कसैले मान्दा पनि नमान्ने उनको भनाइ छ।

अमेरिकामा रेलभित्र अन्धाधुन्ध गोली हानेर १० जना घाइते बनाउने व्यक्ति पक्राउ

 

न्युयोर्क। २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेसनमा मंगलबार भएको बन्दुक हमलाका दोषिलाई पक्राउ गरेको छ ।

प्रहरीले फ्रान्क रोबर्ट जेम्सलाई म्यानहट्टनको पूर्वी गाउँबाट गिरफ्तार गरेको हो । सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।

क्राइम स्टोपर्स नाम गरेका एक सर्वसाधारणले ६२ वर्षीय जेम्सलाई पूर्वीगाउँमा हिँडिरहेको अवस्थामा देखेका थिए ।

स्थानीय समयअनुसार मंगलबार बिहान रेलभित्र उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौं घाइते भएका थिए । घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो ।

सो घटना अतिवादी हमलासँग सम्बन्धित भए रनभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बन्दुकधारीले ग्यास मास्क लगाएका थिए । मानिसहरूमाथि अन्धाधुन्ध फायरिङ गर्नुअघि उनले सबवे गाडीभित्र ग्यास क्यानिस्टर खोलेका थिए ।

केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याएका छन् ।

निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिएका छन् । ‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

२०७९ साल देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

 

काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताएका छन् । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले २०७९ संघ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्त्वपूर्ण वर्ष हुने बताए ।

संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने नेपालको भनाइ छ । ‘समाजको शान्तिपूर्ण रूपान्तरण, लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको शक्तिमाथि आधारित भएर नै सफलता प्राप्त गर्नेछौँ भन्नेमा हामी विश्वस्त छौँ, यी कार्यभार सम्पन्न गर्न हामीले पाँच दलीय गठबन्धन बनाएका हौँ,’ नेपालले सन्देशमा भनेका छन् ।

‘बितेको वर्ष २०७८ साल हामीले देश, लोकतन्त्र र संविधान रक्षाका लागि क्रान्तिकारी विद्रोह गरेको वर्षका रुपमा स्मरणीय रहनेछ,’ नेपालले भनेका छन्, ‘नयाँ वर्ष २०७९ को सुरुआतसँगै हामीले गत वर्ष गरेको त्यो विद्रोहलाई जनताबाट अनुमोदन गराउने ऐतिहासिक अवसर नजिक आएको छ ।’

काठमाडाैँको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय !

 

काठमाडाैँ । सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए।

पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क । एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुषको नजिक जाँदै कुराकानी गरिरहेका थिए।

एक जना पुरुषसँग उनीहरूले के कुरा गरिरहेका छन् भनेर चासो राखियो, ‘यिनीहरू को हुन् ? तपाईंलाई के भने?’ अकमकाएर उनले भने, ‘केही होइन। ‘जाने हो’ भनेर सोध्दै थिए।’

पुलको छेउमा आड लागेर बसिरहेका ती दुई युवतीसँग ग्राहक बनेर सोधियो– ‘कति हो नि रेट?’

‘१५ सय,’ एउटीले भनिन्। ‘एक रातको? अनि कहाँ जाने? हाम्रोमा कि तपाईंकोमा?’‘एक रातको होइन, एक पटकको १५ सय । जाने भए हाम्रैमा जाने हो।’

‘प्रहरीको डर हुँदैन?’‘नजिकै हो। यही धरहरा पछाडि। कोठा हो आफ्नै। कसैले केही गर्दैन।’ ‘हामीलाई लुट्नुभयो भने नि?’‘त्यस्तो केही हुँदैन। विश्वास भए जाम्। नभए धेरै ल्याङ–ल्याङ नगर्दा हुन्छ।’ त्यसपछि अन्यत्र लागे।

महानगरीय प्रहरी वृत्तनजिकैको आकाशेपुलमा चार जना पुरुष गफिँदै उभिइरहेका थिए। उनीहरू सबै २५–३० वर्षका देखिन्थे। पुलमा छिटफुट मानिस हिँडिरहेका थिए। केही समयपछि उनीहरू भएको ठाउँमा दुई युवती देखापरे। उनीहरूमध्ये एकले सर्ट र स्कर्ट लगाएकी थिइन्। अर्की एक जनाले सर्ट–प्यान्ट लगाएकी थिइन्। उनीहरू त्यहाँका पुरुषहरूसँग गफिन थाले। एक युवतीले ब्यागबाट चुरोट झिकेर सल्काइन्। केही नजिक पुगेपछि उनीहरूको कुरा सुनियो। उनीहरू रात कहाँ बिताउने भन्नेबारे कुराकानी गरिरहेका थिए।

एक जना पुरुष सोधिरहेका थिए– ‘यहीँ बागबजारको गेस्टहाउसमा जाम्। तिमीहरूका अरू साथी छन् भने पनि बोलाऊ।’

उनीहरूको कुराकानी सुन्दा कति पैसामा जाने भन्ने रेट अगाडि नै तय भइसकेको लाग्थ्यो। एक युवतीले भनिन्, ‘गेस्टहाउसमा डर हुन्छ। हामी बस्ने होस्टेलमा जाऊँ। त्यहाँ अरू केटीहरू पनि छन्।’

‘उनीहरूको रेट कति हो नि?’ एक युवकले सोधे।

‘सबैको एउटै हो। एक पटकको २५ सय। छिटो भन्नुस्, जाने कि नजाने?’ एक युवतीले भनिन्।
‘जाने हो,’ ती युवाले भने, ‘तर, होस्टेल कहाँ नि?’

‘बुद्धनगर,’ महिलाले जवाफ फर्काइन्।

दुई युवाले आ–आफ्ना पर्सबाट निकालेर पाँच हजार रुपैयाँ युवतीको हातमा राख्दै भने, ‘अरू होस्टेल पुगेर काम भएपछि दिउँला।’ त्यहाँबाट छ जनाको टोली बागबजारतिर लाग्यो।

आकाशेपुलमा मानिसको आवतजावत थियो। केही भने लामो समयसम्म पुलमा यताउता गरिरहेका देखिन्थे। पाँचछ जना छाता ओढेका महिला पनि पुलको एक छेउदेखि अर्को छेउसम्म हिँडिरहेका थिए। कसैले मास्क लगाएका थिए भने कसैले सलले मुख छोपेका थिए।

पुलमा यताउति गरिरहेका मानिसहरूसँग उनीहरू कुम ठोक्याउँदै हिँडिरहेका थिए। त्यत्तिकैमा एक जना युवती एक जना पुरुषसँग आएर टाँसिइन्। उनले रातो रङको टिसर्ट, सेतो आउटर र कालो रङको प्यान्ट लगाएकी थिइन्। उनी तेस्रोलिंगी रहिछिन्। केही बेर ती पुरुषसँग कुरा गरेपछि त्यहाँबाट हिँडिन्।

ती पुरुषसँग सोध्दा उनले यौ’ ‘नक’र्मी तेस्रोलिंगीसँग रेट नमिलेको बताए। ‘मलाई जाऊँ–जाऊँ त लागेको थियो,’ उनले भने, ‘तर, रेटै मिलेन। १५ सय रे। त्यति धेरै तिरेर यस्तासँग के जानु? बरु गेस्टहाउसमा अलि बढी पैसा तिर्‍यो भने भन्याजस्तो केटी पाइन्छ।’ सुर्खेतबाट वैदेशिक रोजगारीका लागि अर्काे साता कतार उड्न लागेका उनले नाम नबताउने शर्तमा भने, ‘काठमाडौँ, माछापोखरीमा साथीसँग बस्छु। आज एउटीलाई उतैतिर लैजाऊँ भनेको। यो पुलमा त यौ’ ‘नक’र्मीको लस्करै हुन्छ। उनीहरूले भनेको ठाउँमा गयो भने त लुटेर पठाइदिन्छन्।’

उनीसँग कुराकानी गरिरहँदा अर्का एक जना व्यक्ति पनि आए। उनले एक पटक यौ’ ‘नक’र्मीले आफूलाई लुटेको सुनाए। ‘यही पुलबाट १५ सय रुपैयाँ भनेर एउटीले आफ्नो कोठामा लगेकी थिई,’ उनले भने, ‘त्यहाँ पुगेपछि भएको ४५ सय रुपैयाँ पनि लुटी।’ उनी राप्ती यातायातका सहचालक रहेछन्। गाडी अघिल्लो दिन काठमाडौँ आइपुगेको र सोही रात फर्किन लागेको बताउँदै उनले भने, ‘जानुअघि आफ्नै कोठामा लगेर यसो रमाइलो गरौँ भनेको कुरै मिलेन।’

ग्राहक खोजिरहेका यौ’ ‘नक’र्मीहरू बेला–बेला चर्काे स्वरमा अ’श्ली’ल श’ब्द बो’लिरहेका थिए। बाटो काट्नका लागि पुलमा हिँडिरहेकालाई उनीहरू वास्ता गर्दैनथे। तर, देहसुखको खोजी गरिरहेका जस्तो देखिइने पुरुषहरूसँग भने उनीहरू टाँसिन्थे, ठोक्किन्थे। रेट नमिल्दा उनीहरू भद्दा श’ब्द बोलिरहेका हुन्थे।

‘कुरा नमिलेर’ भौँतारिरहेका ती सहचालक एक जना युवती भएतिर लागे। उनीसँगै अर्का एक जना पाको उमेरका पुरुष पनि गए। पुलको मध्यभागमा पहँेलो कुर्ता–सुरुवाल लगाएकी युवतीसँग उनीहरू गफ गर्न थाले। युवती भनिरहेकी थिइन्, ‘जाने भए मेरोमा जाऊँ, नत्र हुँदैन। एक पटकको एक जनालाई १३ सय मात्रै हो।’

सहचालकले भने, ‘बरु १५ सय दिन्छु, मेरोमा जाऊँ।’ निकै बेर उनीहरूबीच ‘तेरोमा-मेरोमा’ भइरह्यो।

अन्त्यमा पहेँलो कुर्तावाली युवतीले रिसाउँदै र अ’श्ली’ल श’ब्द बोल्दै भनिन्, ‘हुँदैन भनेपछि हुँदैन। करको व्यापार गरिँदैन। जाने भए मैले भनेको ठाउँमा खुरुक्क हिँड, नत्र आफ्नो बाटो नाप।’ सहचालक र पाको पुरुष मुख रातो पारेर आफ्नो बाटो लागे।

आकाशेपुलको अर्काे कुनामा खरानी रङको टिर्सट र कालो प्यान्ट लगाएकी महिला एक जना अधबैँसेसँग बार्गेनिङ गर्दै थिइन्।

‘एक घण्टाको १२ सय, एक रातको पाँच हजार !’ उनी भन्दै थिइन्। अधबैँसे चाहिँ ‘अलि कम गर न’ भन्दै थिए।

‘कममा जानेलाई लैजानू,’ उनी भनिरहेकी थिइन्, ‘मेरो रेट त तलमाथि हुँदैन।’
पुलमा यौ’ ‘नक’र्मीसँगै दलालहरूको सक्रियता पनि उत्तिकै थियो। दलालहरू ‘नजिकैको गेस्टहाउसमा केटी छन्, जाने हो?’ भन्दै पुलमा भएका मानिसलाई सोधिरहेका भेटिन्थे। उनीहरू मसिनो आवाजमा ‘जाने भए म फोन गर्दिन्छु’ भनिरहेका थिए।
युवराज भट्टराई/सागर लामिछाने मगर/अन्नपुर्ण पोष्ट

चीनको सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि अत्याचार बढ्दै

 

बेइजिङ चीन, ३० चैत्र – मार्च एएनआई चिनियाँ विदेशमन्त्री वाङ यीले हालै इस्लामावादमा भएको ओआईसी सम्मेलनमा चीनले मुस्लिम राष्ट्रहरूको हित हेर्नेछ भन्ने आश्वासन पूर्णतया विरोधाभासपूर्ण छ।

चीनको सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि व्यापक अत्याचार भइरहेको छ। पाकिस्तानले पनि यस मुद्दामा उइघुरहरूको नरसंहारलाई बेवास्ता गरेको छ। यो समाचार पनि पढ्नुहोला – सिन्ज्याङ प्रान्त बारे मौन किन छ्न मुस्लिम देशहरू ?

द्दण्ज्ञठ देखि, चिनियाँ सरकारले लगभग ज्ञ।ड मिलियन उइगर र अन्य टर्किक अल्पसंख्यकहरूलाई सिनजियाङमा हिरासतमा राखेको छ।

सम्भावित धार्मिक अतिवाद र आतंकवादलाई रोक्नको प्रयासले “आतंकवादी पूँजीवाद” निम्त्याएको थियो – उइगरहरूलाई सुरक्षा खतराको रूपमा ब्रान्डिङ गरेर दमनलाई औचित्य दिँदै चीनले उनीहरूलाई निगरानी र नियन्त्रण गर्न प्रहरी र निगरानी प्रविधिहरूमा लगानी परिचालन गरेको छ । चीन ले ज्ञ,ण्ण्ण् भन्दा बढी ठेकेदारहरू – निजी कम्पनीहरू – उइघुर र कजाख व्यवहार मार्फत क्रमबद्ध गर्न र सम्भावित रूपमा अपराधी हो भनेर निदान गर्नको लागि ज्ञ,ण्ण्ण् भन्दा बढी ठेकेदारहरू – निजी कम्पनीहरूलाई काममा राखेको छ।यो समाचार पनि पढ्नुहोला उईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चिनको कम्युनिस्ट सरकारको निर्देशन

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले चीनले सन् १९९७ मा बेइजिङले अनुमोदन गरेको रोजगार नीति महासन्धिको विभिन्न धाराहरू उल्लङ्घन गरेको कुरामा जोड दिएको छ, जसमा स्वतन्त्र रूपमा रोजगारी रोज्ने अधिकार पनि समावेश छ।चीन सरकारले बन्दीहरूलाई यातना दिएको, उइघुर महिलाहरूलाई नसबंदी गरेको र कारखानाहरूमा कामका लागि उइघुरहरूलाई भर्ती गरेको अनुसन्धान रिपोर्टहरूले आरोप लगाएका छन्।

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका लागि अभिनय गर्दिनन् स्क्रिप्ट पढेर आफ्नो साथमा काम गर्ने कलाकार चित्त बुझ्यो भने मात्रै काम गर्दिन् ।

सिनेमा क्षेत्रमा हुने गरेका कुनै पनि विभेदविरुद्ध बोल्न सक्ने साम्राज्ञी एकसमय अभिनेता भुवन केसीका विरुद्ध यौन दुव्र्यवबहारको टिप्पणी गरेर चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिया साम्राज्ञीका केही तस्विर हामीले उनकै फेशबुकबाट लिएका छौं । हेरौं उनका बोल्ड तस्विर ।