यस्ता रोगी कोरोनाकाे उच्च जोखिममा
काठमाडौं - क्यान्सरका बिरामीलाई कोरोना भाइरस संक्रमणको कति जोखिम छ भन्नेबारे यकिन अध्ययन भएको छैन । तर, औषधि सेवन गरिरहेका बिरामीमा भाइरससँग लड्ने क्षमता कम हुने भएकाले सजग रहन चिकित्सकहरूले सल्लाह दिँदै आएका छन् ।
-हालसम्मको ट्रेन्ड विश्लेषण गर्दा श्वास–प्रश्वास, कार्डियो भास्कुलर, मिर्गौलाको जटिल समस्या, क्यान्सरजस्ता दीर्घरोगका बिरामी बढी जोखिममा देखिन्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर रहने भएकाले ज्येष्ठ नागरिकलाई पनि कोभिड–१९ को जोखिम समूहमा राखिएको छ ।
-चिकित्सकहरूको भनाइमा क्यान्सर नियन्त्रणमा आइसकेका भन्दा उपचारका क्रममा रहेका बिरामी बढी जोखिममा छन् । उपचार वा नियमित जाँचका लागि अस्पताल जाँदा अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री पिपिई लगाउन चिकित्सकहरूको सल्लाह छ । यस्तै, अन्य समयमा पनि पारिवारिक जमघट र भिडबाट टाढा रहन तथा पन्जा र मास्क अनिवार्य प्रयोग गर्न विश्व स्वास्थ्य स...








