पत्रपत्रिका

नेपाल ल्याइने २४ बढी नागरिकको प्राथमिकता सूची तयार

नेपाल ल्याइने २४ बढी नागरिकको प्राथमिकता सूची तयार

पत्रपत्रिका, प्रवास
काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन । दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका छ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने अवस्था रहेको...
लकडाउनले गरिब जनताका लागि निम्त्यायाे भाेकमरी, कसले सुन्ला वेदना?

लकडाउनले गरिब जनताका लागि निम्त्यायाे भाेकमरी, कसले सुन्ला वेदना?

पत्रपत्रिका
जनकपुरधाम । जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ। तर, कसैले शिक्षा पाएका छैनन्। एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई÷चार पैसा आर्जन गर्छन्। छोरा भने बरालिएर हिँड्छन्। सम्पत्तिको नाममा गाउँ ब्लकको जग्गामा ५ धुरमा बनेको घर छ, दिनभरि कमाए राति घरमा चुलो बल्छ, काम नपाए खान पुग्दैन।’ महराले भने, ‘अरूको काम नगरी हामीलाई खान पुग्दैन, बाहिर निस्कने वातावरण छैन, घरमा बसेर खाने अन्न छैन, राति भोकभोकै सुत्नुपरेको छ, नगरपालिकाले दिएको राहत १० दिनमै सकियो, लकडाउन भएदेखि कसैले काम दिँदैन। मालिकको घरमा गए तिमीहरूलाई कोरोना लाग्या होला जा भन्दै घृणा गर्दै लखेट्ने गरेको उनले बताए। ‘लकडाउनमा दिएको राहतले मात्रै गुजारा नचल्ने भएपछि भोकभोकै कतिदिन बस्नु भनेर तीन रुपैयाँ सेयकडामा ५ हजार ऋण ल्याएर गुजारा गर्दै छु’, उन...
यस्तो थियो सुगौली सन्धिपछि नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा

यस्तो थियो सुगौली सन्धिपछि नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा

पत्रपत्रिका
काठमाडौं । सुगौली सन्धिलगत्तै सन् १८१९ मा प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी लेखिएको छ। यो नै सुगौली सन्धिपछिको नेपाल–भारत सीमा काली नदी भएको पहिलो नक्सा हो। तत्कालीन इस्ट–इन्डिया कम्पनी कार्यालयमा छापिएको यस नक्सामा लिम्पियाधुराबाटै निस्केको काली नदी लेखिएको छ। साथै, यस नक्सामा लिपुलेकबाट निस्केको नदीलाई कुनै नाम दिइएको छैन। लिपुलेकबाट निस्केको नदी कम महत्वको सानो सहायक नदी हो भन्ने स्पष्ट हुन्छ। सीमाविद् बुद्धिनारायण श्रेष्ठ सुगौली सन्धिलगत्तै पहिलो नक्सा १८१९ मा जारी भएको पाइएको बताउँछन्। ‘म्याप अफ प्रोभिन्स अफ कुमाल’ लेखिएको नक्साको उत्तरमा चिनियाँ भूभाग तथा पूर्वमा निपाल (नेपाल) तथा डोटी उल्लेख छ। श्रेष्ठका अनुसार यो नक्सा सर्भे अफ इन्डियाका क्याप्टेन एच.एस. वेभ सर्भेयरले तयार परेका हुन्। त्यो नक्सा १ इन्च बराबर १ माइल स्केलबाट तयार पारिएको छ। त्रिभुवन विश्वविद...
कोरोना परीक्षणको हालत : १५ दिनसम्म पनि आउँदैन रिपोर्ट

कोरोना परीक्षणको हालत : १५ दिनसम्म पनि आउँदैन रिपोर्ट

पत्रपत्रिका, स्वास्थ्य
काठमाडाैं । देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ । स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाले बताएका छन् । हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमुना दिए पनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकाहरूको नतिजा पनि एकदमै ढिलो आउने गरेको छ । कोरोना परीक्षणका लागि कपिलवस्तु नगरपालिकामा स्वाब संकलन गरेका एक स्वास्थ्यकर्मीले भने, ‘मेरो स्वाब जेठको पहिलो साता ...
सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

पत्रपत्रिका
काठमाडौं । यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो । नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । निर्देशिकामा छलफल भइरहेको उनले जानकारी दिए । महानिर्देशक हमालले भने, “कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाएको हो, यसमा सरोकारवालासँग छलफल भइरहेको छ ।” उनले अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको तर सरकारबाट सार्वजनिक सवारी खुला गर्ने कुरा नआउँदा पनि आफ्नो तयारी गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।...
स्थानीय सरकारमा रहेका एक लाख कर्मचारीमध्ये ९० प्रतिशत कर्मचारी निष्क्रिय

स्थानीय सरकारमा रहेका एक लाख कर्मचारीमध्ये ९० प्रतिशत कर्मचारी निष्क्रिय

पत्रपत्रिका
काठमाडाैं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सर्वसाधारण आक्रान्त भइरहँदा स्थायी सरकार मानिएको निजामती प्रशासनसमेत नराम्ररी चुक्न पुगेको छ । लकडाउनको ७६ दिनसम्म संघ, प्रदेश र स्थानीय सरकारमा रहेका झन्डै एक लाख कर्मचारीमध्ये ९० प्रतिशत कर्मचारी निष्क्रिय अवस्थामा रहेका छन् । सरकारले पनि उनीहरूलाई कुनै जिम्मेवारी दिन सकेको छैन । राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्व र मातहतका निकायलाई कोभिड १९ नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा कोरोना भाइरस संक्रमण हवात्तै बढ्न पुगेको प्रशासन क्षेत्रका विश्लेषकको तर्क छ । ‘कर्मचारीहरू राष्ट्र र जनताका सेवक हुन्’ भन्ने मान्यता कोभिड १९ को संकटसँगै ओझेलमा परेको देखिएको छ । राजनीतिक नेतृत्व सँगसँगै प्रशासनिक नेतृत्वले सही समयमा निर्णय गर्न नसक्दा कोभिडको महामारी नियन्त्रबाहिर जान सक्ने त्रास बढेको विज्ञहरूले बताएका छन् । सरकारले लकडा...
उपत्यकामा जमिन बाँझो नराख्ने नीति

उपत्यकामा जमिन बाँझो नराख्ने नीति

पत्रपत्रिका
काठमाडौं । काठमाडौँ र ललितपुर महानगरपालिकाले उपत्यकाका सबै नगरपालिकाको साझा समस्यालाई सम्बोधन गर्ने गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारी गरिरहेका छन् । कोरोना भाइरस रोग (कोभिड–१९) बाट सिर्जित समस्याको समाधान गर्दै उत्पादन र रोजगारमूलक कार्यमा केन्द्रित हुने गरी दुवै महानगरपालिका आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको आन्तरिक तयारीमा जुटेका हुन् । खेतीयोग्य जमिनको सदुपयोग गर्न र क्वारेन्टाइनको व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका १८ वटै पालिकालाई एउटै एकाइ मान्दै ती क्षेत्रका खेतीयोग्य जमिन बाँझो नराख्ने नीति निर्माणको आन्तरिक तयारीमा जुटेको दुवै महानगरपालिकाले जनाएका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा दुईवटा महानगर र १६ वटा नगरपालिका रहेका छन् । काठमाडौँ र ललितपुर महानगरबाहिर ठूलो मात्रामा खेतीयोग्य जमिन बाँझो रहेकाले ती क्षेत्रका बाँझ...
जसपामा महन्थ र बाबुराम बलियो !

जसपामा महन्थ र बाबुराम बलियो !

पत्रपत्रिका, राजनीति
काठमाडाैं । विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा सबैभन्दा बलियो महन्थ ठाकुर र डा. बाबुराम भट्टराई देखिएका छन् । पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता डा. भट्टराई निकट आठ–आठ जना नेताहरु केन्द्रीय समितिमा पर्न सफल भएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ र अर्का अध्यक्ष उपेन्द्र यादव निकटका ५ जना नेता मात्र केन्द्रीय समितिमा परेका छन् । वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिहं भण्डारी निकटका २, युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय किमिटीका परेका छन् । राजकिशोर यादव, अनिल झा निकटका नेता कोही पनि केन्द्रीय कमिटीमा परेका छैनन् । आजको राजधानी दैनिकमा खबर छ ।...
सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र

सरकारले समन्वय गर्न नसक्दा विदेशबाट फर्काउने प्रक्रिया अलपत्र

पत्रपत्रिका
काठमाडौं । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन। कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन्। अहिले संकलित आवेदनको आधारमा नै सरकारले तत्काल २४ हजार १ सय ४८ जनालाई ३१ फरक(फरक उडानबाट नेपाल ल्याउनु पर्नेछ। नेपाल फर्कन चाहेनको संख्या ५६ हजार ९३ छ। पहिलो चरणमा ३१ उडानबाट ल्याउने भनिए पनि उडान कसरी र कसको रायमा गर्ने भन्ने अन्यौल छ। पहिलो चरणमा प्रत्येक दिन पाँचदेखि सात उडानमा उनीहरूलाई ल्याउने र दोस्रो चरणमा नियोगहरूको प्राथमिकताको आधारमा निर्धारण गर्ने भनिएको छ। कुवेतले बिना भिसालाई आफैं नेपाल फर्काउने भने पनि सरकारले त्यसमा समन्वय गर्न नसक्दा समस्या उत्पन्न भएको द...
रक्षक नै भक्षक: अविवाहित छोरीले बच्चा जन्माएपछि बाबुकाे खुल्यो पोल

रक्षक नै भक्षक: अविवाहित छोरीले बच्चा जन्माएपछि बाबुकाे खुल्यो पोल

पत्रपत्रिका
काठमाडौं । बनेपामा डेरा गरी बस्ने एक अविवाहित किशोरीले बच्चा जन्माएकी छन्। रामेछाप जिल्ला मन्थली घर भई बनेपा ७ मा डेरा गरी बस्ने ती १७ वर्षीया ती किशोरीले शनिबार राति छोरालाई जन्म दिएकी हुन्। ९ महिनासम्म गर्भ लुकाएर बसेकी युवतीले अस्पतालमा बच्चा जन्माएपछि भने सबै पोल खुलेको छ। खासमा उनलले जन्म दिएको बच्चा आफ्नै बाबुको भएको खुलासा भएको हो। कारवाही नगर्ने भए मात्रै बताउने भने पछि प्रहरीले उनलाई कसैलाई केहि नहुने विश्वास दिलाएर बाबुको गर्भ भएको पत्ता लगाएको थियो । ४० बर्षिय कामी थरका उनका बुवाले पनि आफ्नै छोरीलाई गर्भ बोकाएको स्विकारेका छन् । उनी निर्माण क्षेत्रका मजदुर हुन् भने श्रीमती र छोरी होटल मजदुर हुन् । अबैद्य गर्भ बोकाई जर्बजस्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै पक्राउ गरेको छ । ‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इल...