पत्रपत्रिका

शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ

शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ

पत्रपत्रिका
काठमाडौं । सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले उनलाई पाँच घण्टा प्रहरी कार्यालयमा राखी लिखित बयान लिएर छाडेको छ। झाँक्रीको पक्राउपछि अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार अनुदार भएको टिप्पणी भइरहेको छ। झाँक्रीको पक्राउलाई लिएर सबैजसो राजनीतिक दलले सरकारी रबैया अव्यिक्ति स्वतन्त्रताप्रति कठोर देखिएको भन्दै आलोचना गरेका छन्। झाँक्रीलाई पक्राउ गरेर सरकारले शीर्ष नेताहरूलाई तर्साउन खोजेको आरोपसमेत लागेको छ। ‘झाँक्रीको पक्राउ सामान्य विषय होइन। यसले अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी अंकुश देखाएको छ भने शीर्ष नेताहरूलाई समेत तर्साउन खोजेको आभास हुन्छ तर यस्तो ...
शिक्षकको कुटाइबाट बालकको मृत्यु

शिक्षकको कुटाइबाट बालकको मृत्यु

पत्रपत्रिका
झापा । झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ१८ गते राजवंशीलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो। मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो। घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन्। तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तल...
कसरी भयो राज्यविरुद्धको कसुर ?

कसरी भयो राज्यविरुद्धको कसुर ?

पत्रपत्रिका
काठमाडौं । संविधान निगरानी समूहले सोमबार राजधानी गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने क्रम बढ्दै गएको औँल्याउँदै भनेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रता रोकिएपछि राजनीति र कानुन रहँदैन । त्यसपछि लोकतन्त्र रहँदैन । प्रश्नवादबाट मुलुक समर्थनवादमा जाँदै छ । नेपालको लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताले जोगाएको छ । नबोल्ने संस्कार लोकतन्त्र हुनै सक्दैन ।’ त्यही कार्यक्रममा अधिवक्ता टीकाराम भट्टराईले बागलुङ रहेकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने गरेको बताएका थिए । झाँक्री त्यही दिन त पक्राउ परिनन्न, तीन दिनपछि भने प्रहरीले उनलाई पक्राउ गर्यो । चौतर्फी विरोध र सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा परेकाले सरकारले झाँक्रीलाई ५ घण्टापछि रिहा गर्यो तर अभिव्यक्ति दिएकै कारण जोकोहीलाई धरपकड गर्ने लगायत क्रियाकलाप सरकार सक्रिय भए...
राष्ट्र बैंकद्वारा प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय

राष्ट्र बैंकद्वारा प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय

पत्रपत्रिका
काठमाडौँ । विदेशमा संकलित रेमिट्यान्स नेपाल नल्याएर उतै राखेको भन्दै राष्ट्र बैंकले प्रभु मनी ट्रान्सफरलाई कारबाही गरेको छ । आफैं सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी राखेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक सञ्चालक समिति बैठकले बुधबार प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ देखि रेमिट्यान्सबापत संकलित करिब सवा २ अर्ब रुपैयाँ विदेशमै राखेको प्रमाणित भएको र त्यसका आधारमा तीन कारबाही गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘प्रभु मनी ट्रान्सफरले यता ल्याउनुपर्ने रेमिट्यान्स विदेशमै राखेको खुलेको छ,’ स्रोतले भन्यो, ‘छानबिन, स्पष्टीकरण र त्यसका आधारमा कारबाही गर्ने निर्णय भएको हो ।’ सचेत गराउने, जरिवाना तिराउने र उता राखिएको रकमको ब्याजसमेत लगाउने गरी कारबाहीको निर्णय भएको स्रोतको भनाइ छ । ‘मनी चेन्जरलाई सचेत गराउने, मनी चेन्...
पुनः वर्षा र हिमपात हुँदै : फागुन मध्यसम्म यस वर्षको हिउँद

पुनः वर्षा र हिमपात हुँदै : फागुन मध्यसम्म यस वर्षको हिउँद

पत्रपत्रिका
काठमाडौं । यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा र हिमपात देखिन थालेको छ । गएको साता देशको सुदूरपश्चिमदेखि पूर्वसम्म नै बदली भएर हल्का वर्षा र हिमाली भेगमा बाक्लो हिमपात भएको थियो । त्यस्तै मौसम दोहोरिँदै फेरि यस साता पनि झन्डै एक साता बदलीसँगै हल्का वर्षा र हिमपात हुने भएको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “फागुन मध्यसम्म यस वर्षको हिउँद हो, यही अवधिमा मौसम बदली कायम रहेर वर्षा गराउँदै हिउँद बिदा हुने देखिएको छ ।” उनका अनुसार अहिले फेरि नेपालमा पश्चिमी वायु सक्रिय बनेको छ तर यसको प्रणाली त्यति बलियो नहुँदा भारी वर्षा र सोही आँकडामा हिमपात भने हुने छैन । अबको एकसाता बदली र हल्का वर्षासँगै यस वर्षको हिउँद सकिने तरखरमा लागे...
प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला

पत्रपत्रिका
काठमाडौं । प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ । प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले १६ करोड रुपैयाँ विभिन्न शीर्षकमा भुक्तानीसमेत गरियो । तर, भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमन समेत नगरी विद्यालयबाट कमिसन पाएकै आधारमा निकासा गरिएको कर्मचारी बताउँछन् । सीप विकास तथा जनचेतना तालिममा १८ महिने वा सोभन्दा बढीको टीएसएलसी प्रोगामअन्तरगत कम्युटर, कृषि, पशु, स्वास्थ्य लगायत अध्ययन गराउने प्राविधिक विद्यालयले अनुदान पाउनुपर्ने हो । तर, प्राविधिक शिक्षा अध्यापनको स्वीकृतिसमेत प्राप्त न...
आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार !

आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार !

पत्रपत्रिका
काठमाडौं । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ । बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताए । ‘संविधानको रक्षाका लागि २०४६ र २०६२-६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने । कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका का...
महिलालाई विदेश जान पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

महिलालाई विदेश जान पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

पत्रपत्रिका
काठमाडौं । भिजिट भिसामा महिला एक्लै विदेश जाँदा तस्करीमा परेको निष्कर्ष निकाल्दै सरकारले यसरी विदेश जान महिलालाई कडाइ गर्न खोजेको छ । तर, यसको व्यापक विरोध भएको छ । महिलाअधिकारकर्मीले यस्तो व्यवस्था संविधानविरोधी भएको आरोप लगाएका छन् भने सामाजिक सञ्जालमा पनि यसको आलोचना गरिएको छ । अध्यागमन विभागका अनुसार महिला एक्लै विदेश जाँदा मानव तस्करी बढेको, शोषणमा परेको, समस्यामा भए उद्धार गर्न नसकिएको, औषधि उपचार नपाएर बिजोग भएको अवस्थालाई दृष्टिगत गरेर कार्यविधि संशोधनको प्रस्ताव गृहमा पठाइएको हो । मानवअधिकारकर्मी मोहोना अन्सारीले सरकारले ल्याउन लागेको उक्त नीति संविधानविपरीत रहेको बताइन् । ‘सरकारले कडाइका नाममा कहिले अंग्रेजी बोल्न जान्ने, कहिले खातामा यति रकम हुनैपर्ने जस्ता नीति लिइरहेको थियो, फेरि वडा र परिवारको सिफारिश भनेर नीति ल्याउन थालेको छ, यो संविधानलाई तिलाञ्जलि दिनेबाहेक केही होइन,’ ...
धारा ७४ वरिपरि सरकारी वकिल

धारा ७४ वरिपरि सरकारी वकिल

पत्रपत्रिका
काठमाडौँ । सरकारी वकिलले विघटन संविधानसम्मत रहेको जिकिर गर्दै धारा ७४ लाई मुख्य आधार बनाएका छन् । मुलुकको शासकीय व्यवस्था संसदीय शासन प्रणाली हुने उक्त व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अन्तरनिहित अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ । धारा ८५ ले कार्यकालअगावै विघटन हुने परिकल्पना गरेको ७६ ९७० ले विघटनपछि निर्वाचन हुनुपर्ने समय तोकेको र ७४ को संसदीय शासन प्रणालीको मूल्यमान्यताले प्रधानमन्त्रीलाई सिफारिसको उक्त अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ । संसदीय मूल्य मान्यतामा प्रधानमन्त्रीको विशेषाधिकार हुने तर्कलाई बलियो रूपमा वरिष्ठ अधिवक्ता पन्तले इजलासमा प्रवेश गराउनुभएको थियो । त्यसयता बहसमा आउनुभएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले उक्त विषयलाई जोड दिनुभयो । त्यसपछि बहसमा आउनुभएका नायब महान्यायाधिवक्ताहरू नारायणप्रसाद पौडेल, विश्वराज कोइराला, डा। टेकबहादुर घिमिरेले पनि सो वि...
गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलः विदेशी विज्ञ टोली नआउँदा काम प्रभावित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः विदेशी विज्ञ टोली नआउँदा काम प्रभावित

पत्रपत्रिका
काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गर्नुपर्ने उपकरणको काम प्रभावित भएको छ । उपकरण जडानका लागि समयमा विदेशी विज्ञसहितको टोली नेपाल आइनपुग्दा उक्त काम प्रभावित भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कोभिड १९ का कारण चीन, थाइल्याण्ड, अमेरिका, अष्ट्रिया, युकेलगायत मुलुकबाट विज्ञसहितको टोली आइनपुग्दा उपकरण जडानसम्बन्धी काम अलपत्र परेको हो । यो जडान गत अक्टुबर महिनामै सम्पन्न गर्नुपर्ने पूर्वनिर्धारित तालिका थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुनिता कार्कीले लेखेकी छिन् ।...