पत्रपत्रिका

जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना

जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना

पत्रपत्रिका, राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएको संख्याको दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन । महाअभियोग पारित गर्न निर्णायक बन्न पुगेको एमालेले भने महाअभियोगको पक्षमा समर्थन नगर्ने नीति लिएको छ । प्रतिनिधिसभामा २ सय ७५ सदस्य भए पनि महाअभियोग पारित गर्न संसद्मा तत्काल कायम रहेको संख्याको दुईतिहाइ चाहिन्छ । हाल प्रतिनिधिसभामा २ सय ७१ जना सांसद छन् । तीमध्ये विजयकुमार गच्छदार, अफ्ताफ आलम, रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन् । प्रतिनिधिसभाबाट महाअभियोगको प्रस्ताव पारित हुन १ सय ८१ जना आवश्यक पर्छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी पनि महाअभियोगको विषयमा मौन छ । हाल संसद्मा एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका सभामुखबाहेक ४...
मूर्ति चोरलाई प्रचण्डले बनाए मन्त्री

मूर्ति चोरलाई प्रचण्डले बनाए मन्त्री

पत्रपत्रिका
काठमाडौं । माओवादी केन्द्रले मूर्ति चोरलाई मन्त्री बनाएपछि खैलाबैला भएको छ । कार्चेन लामा उर्फ छिरिङ दमदोल लामाले सोमबार कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको शपथ लिएपछि विरोध र आलोचना भएको छ । मूर्ति चोर लामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा मन्त्री बनेका हुन् । उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री बनाएका हुन् । ०२४ सालमा जन्मिएका उनको राजनीतिक यात्रा २०४५–०४६ देखि पातलो मसाल, मोटो मसाल हुँदै संयुक्त जनमोर्चा नेपालबाट भएको हो । उनी आफ्नो अर्ध–भूमिगतको गुरु मोहन वैद्य किरण, बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, नेत्रबिक्रम चन्द लगायतलाई मान्दछन् । लामाको छवि विवादस्पद छ । लामा यसअघि मूर्ति चोरी मुद्दामा जेल पुगिसकेका व्यक्ति हुन् । उनीमाथि चीनको ताक्लाकोटस्थित खोचेर गुम्बाको १२ सय वर्ष पुरानो ...
नेकपा सांसद बानियाँको बाहिरियो यस्तो कर्तुत, महिला जाहेरी लिएर पुगिन् प्रहरी कार्यालय

नेकपा सांसद बानियाँको बाहिरियो यस्तो कर्तुत, महिला जाहेरी लिएर पुगिन् प्रहरी कार्यालय

पत्रपत्रिका
बाँके । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९ गते राती होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । शिक्षिका शाही शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी शाही त्यसपछि गएकी थिइनन् । आइतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शाही सोमबार जाहेरी लिएर जिप्रका पुगेकी हुन् । शाहीको जाहेरी दर्ता भइसकेको छैन । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको...
गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसमा विवाद

गठबन्धनको निरन्तरताबारे नेपाली कांग्रेसमा विवाद

पत्रपत्रिका
काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमासमेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् । तर, इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धन...
सर्त संशोधन नभई कुनै हालतमा पनि एमसीसी पारित हुँदैन : प्रचण्ड

सर्त संशोधन नभई कुनै हालतमा पनि एमसीसी पारित हुँदैन : प्रचण्ड

पत्रपत्रिका
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताए । ‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं, अन्य सहयोग लिई पनि राखेका छौं, एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ अध्यक्ष दाहालले भने । एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबीसमेत उनले गरे । पाँच दलीय गठबन्धन टुटाउनका लागि अनेक षड्यन्त्र भइरहेको बताउँदै उनले जति...
झन्डै साढे १६ हजार स्थायी शिक्षकका लागि करिब २ लाख ३७ हजार जनाको आवेदन

झन्डै साढे १६ हजार स्थायी शिक्षकका लागि करिब २ लाख ३७ हजार जनाको आवेदन

पत्रपत्रिका
काठमाडौं । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ। योसँगै आजबाट शिक्षक सेवा आयोगको सबै विज्ञापनको फाराम भर्ने म्याद सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । उनका अनुसार बिहीबारसम्म २ लाख ३६ हजार ३ सय ४७ जनाले फारम भरका छन् र अझै करिब ७ सयको आवेदन पर्न सक्ने आँकलन गरिएको छ । सूचना अधिकारी मरहठ्ठाका अनुसार हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् । प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । सबै तथ्यांक संकलन गदा तीन तहका परीक्षामा करिब २ ल...
एमसीसी अनुमोदन गर्न कूटनीतिक दबाबमा देउवा

एमसीसी अनुमोदन गर्न कूटनीतिक दबाबमा देउवा

पत्रपत्रिका
काठमाडौँ - अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबाबमा छन् । प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । २०७४ सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग एमसीसी सम्झौता भएकाले पनि सो अनुमोदन गर्ने दबाब प्रधानमन्त्री देउवासामु छ । एमसीसीको प्रतिनिधिसँगको हरेक भेटमा प्रधानमन्त्री देउवाले प्रतिबद्धतासमेत व्यक्ति गरिसकेका छन् । २८ मंसिर अर्थात् १४ डिसेम्बरका दिन अमेरिकाले एमसीसी बोर्ड बैठक डाकेको थियो । जसको चार नम्बर एजेन्डामा नेपालको एमसीसी कम्प्याक्टको विषय राखिएको थियो । बोर्ड बैठकले एमसीसीको विषयमा नेपालको निर्णय कुर्ने निर्णय गरेको थियो । नेपाल सरकारबाट एमसीसी अन...
भू–माफियामाथि निगरानी बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

भू–माफियामाथि निगरानी बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

पत्रपत्रिका
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भूू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन् । उनले अतिक्रमण भइसकेका क्षेत्रको गहन छानबिनमा सरकारको पूरा सहयोग रहने विश्वास पनि दिलाए । मङ्गलबार राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन बुझेपछि निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “बागमती किनार र आसपासका क्षेत्रमा अतिक्रमण धेरै बढ्न थाल्यो, राम्रो अध्ययन गर्नुहोस् ।” प्रधानमन्त्री देउवा समक्ष केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले वार्षिक प्रतिवेदन पेस गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।...
प्रधानमन्त्री, मन्त्रीहरूको सम्पति लुकाइयो

प्रधानमन्त्री, मन्त्रीहरूको सम्पति लुकाइयो

पत्रपत्रिका
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ । भ्रष्टचार निवारण ऐन २०५९ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले सो पदमा नियुक्त भएको ६० दिनभित्र तथा हरेक आर्थिक वर्ष सकिएको दुई महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाउनुपर्छ तर प्रधानमन्त्री तथा मन्त्रीहरूले पदबहाल भएको पाँच महिनासम्म सम्पत्ति विवरण बुझाएका थिएनन् । तर, पछिल्लो समय भने प्रधानमन्त्रीलगायत सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ...
स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

पत्रपत्रिका
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ दलहरूबीच परामर्श गरेर स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए । स्थानीय तह निर्वाचनको मिति सम्बन्धमा आयोगले अर्को मिति प्रस्ताव गर्न लागेको हो भन्ने जिज्ञासामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “आयोग तयारी गर्दैछ, प्रधानमन्त्रीसँग...