पत्रपत्रिका

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी  रमिते

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

पत्रपत्रिका
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रामीण भेगमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ। एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गुप्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आएका हुन्। एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए। जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नग...
एका विहानै गृह मन्त्रालयले दियो यस्तो निर्देशन

एका विहानै गृह मन्त्रालयले दियो यस्तो निर्देशन

पत्रपत्रिका
काठमाडौं । सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो । भन्सारबाट जाँचपास भएर भित्रिएका र औद्योगिक उत्पादन बोकेका गाडी काठमाडौं उपत्यका प्रवेश गर्न पाएका थिएनन् । काठमाडौं उपत्यकाका जिल्लामा कोरोना संक्रमण तीव्र बढेपछि कडाइ गरिएको थियो । गृह मन्त्रालयले बुधवार मातहतका २० ओटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर ढुवानी सहजीकरण गर्न निर्देशन दिएपछि यो समस्या समाधान भएको छ । झापा, मोरड, बारा, पर्सा, रूपन्देही, कपिलबस्तु, बाँकेलगायत मुख्य नाका र राजमार्गमा पर्ने जिल्ला प्रशासनलाई ढुवानीका साधनलाई गन्तव्यसम्म जान र फर्किने सहज व्यवस्था मिलाउन भनिएको छ । सरक...
एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही

एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही

पत्रपत्रिका, राजनीति
काठमाडौं । एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन। एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती नेतालाई कारबाही गरिहाल्नेभन्दा पनि अन्तिम समयसम्म एकताको प्रयास गर्ने पक्षमा देखिएको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवाली एकताका लागि हदैसम्म लचिलो हुने बताए। उनका अनुसार स्पष्टीकरण सोधिएका १२ नेताको कारबाही प्रक्रिया रोकिएको छ। ‘धेरै साथी मूलधारमा जोडिनुहोस्’, उनले भने, ‘बडो गर्वका साथ देउवालाई प्रधानमन्त्री बनाउने, आफ्नो पार्टीका नेतालाई हराउने कुरा गर्नुभएको छ। त्यही पनि फर्किनुभयो राम्रो नै हुन्छ। तर, एकताको प्रयासको तालमेलमा मेल खाँदैन।’ उनले केही सदस्य पार्टीबाट निष्कासनमा परेकाले कार्यदल भने अस्तित्वमा नरहेको बताए। उनले कार्यदल पुनर्गठन हुन सक्न...
ओली-नेपाल समुह निर्णायक वार्ताको तयारीमा

ओली-नेपाल समुह निर्णायक वार्ताको तयारीमा

पत्रपत्रिका
काठमाडौं । नेकपा एमालेमा फेरि औपचारिक वार्ता हुने भएको छ । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि तत्कालिन नेकपाको पुष्कमल दाहाल, माधव नेपाल,झनाथ खनालसहितका नेता प्रतिगमन भयो भन्दै सडक आन्दोलनमा गएका थिए । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध नेपाल र प्रचण्ड समुह आन्दोलनमा गएनन् मात्रै । सडकबाटै पार्टी अध्यक्ष ओलीलाई कार्वाही गरेको घोषणा गरे । सत्ता सम्हालेका ओलीले पार्टीमा एकलौटि निर्णय गरेको भन्दै आन्दोलनमा होमिएका नेपाल प्रचण्ड समुहले त्यतिवेला आंशिक राहतको अनुभुति गरे जतिवेला सर्वोच्च अदालतले संसद विघटन अवैधानिक ठहर गरिदियो । प्रचण्ड नेपालले संसद पुर्नस्थापना भएको खुसी साटन नपाउदै अदालतले नेकपा एकताको वैधानिकतामाथी प्रश्न उठाउदै नेकपा नै विघटन गरिदिएपछि नेकपा पुरानै अवस्थामा (एमाले र माओवादी)का रुपमा फर्किए । अदालतको दोस्रो निर्णयले नेकपा ...
अन्तत: उपत्यकामा निषेधाज्ञा जेठभर

अन्तत: उपत्यकामा निषेधाज्ञा जेठभर

पत्रपत्रिका
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर थप गर्ने तयारी भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा गत साता लगाइएको रोक खुला गर्दै निषेधाज्ञा जेठभर थप्ने तयारी भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकमा तीनै जिल्लामा निषेधाज्ञा पुनः केही समय थप विषयमा छलफल भएको र बुधबार निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । ‘जारी निषेधाज्ञा जेठभर लागू गर्ने र किराना तथा खाद्य पसल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न खुला गर्ने विषयमा छलफल भएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने, ‘थप निर्णय बुधबार हुन्छ ।’ खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । छलफलमा...
सातामा ५ वायुसेवाका १० उडान खुला

सातामा ५ वायुसेवाका १० उडान खुला

पत्रपत्रिका
काठमाडौँ । सातामा ५ दिन आउने र जाने गरी दिनमा दुईका दरले १० अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानतर्फ ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरिदिएको छ । मन्त्रिपरिषद्‌को बिहीबारको निर्णयले वैशाख २३ देखि स्थगन गरिएको अन्तर्राष्ट्रिय उडान (भारतबाहेक तेस्रो मुलुकका लागि रोकिएको) खुलाउने निर्णय गरेको थियो । सामान्य अवस्थामा नेपालमा २७ वटा विदेशी र तीनवटा नेपाली गरी ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्थे । प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम र कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमलाई नियमित उडान गर्न अनुमती दिइएको छ । पर्यटन मन्त्रालयका एक अधिकारीका अन...
ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती रेजिस्ट्रेसन अनलाइनबाटै, १९ वर्षमाथिकाले मात्र भिड्न पाउने

ब्रिटिस गोर्खा र सिंगापुर पुलिस भर्ती रेजिस्ट्रेसन अनलाइनबाटै, १९ वर्षमाथिकाले मात्र भिड्न पाउने

पत्रपत्रिका
काठमाडौँ । बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसका भर्तीका निम्ति अनलाइनबाटै प्रारम्भिक चरणको नाम लेखाउने (रजिस्ट्रेसन) भएको छ । त्यसनिम्ति जुन २८ देखि जुलाई १६ सम्म म्याद राखेको छ । १९ वर्षदेखि २१ वर्ष उमेर ननाघेकाले मात्र भिड्न पाउने रेक्रुट इन्टेक–२०२२ को मापदण्डमा राखिएको छ । कोभिड–१९ दोस्रो लहरको महामारीका कारण भिडभाड हुन नदिन र भर्ती प्रक्रिया निरन्तर राख्न यो नीति सार्वजनिक गरेको जनाइएको छ । मंगलबार पोखरास्थित ब्रिटिस क्याम्पका अधिकारीले प्रतिस्पर्धी नेपाली युवालाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन् । ‘कोरोना महामारीले गर्दा हाम्रो कतिपय क्राइटेरिया परिवर्तन भएर आएको छ,’ डेपुटी रेक्रुटिङ अफिसर मेजर ज्याकमेलले सम्बोधन गर्दै भने, ‘तपाईंहरूलाई असर पर्ला । तर पनि सक्दो निष्पक्ष रूपमा गर्ने भर्ती गराउने कोसिस गरेका छौं । यो पालिको रजिस्ट्रेसन अनलाइनमा हुनेछ र २८ जुनदेखि तीन ...
नेपालको रुई गाउँ यसरी हत्यायो चीनले

नेपालको रुई गाउँ यसरी हत्यायो चीनले

पत्रपत्रिका
साम्दो (गोरखा) । रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो। पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन्। ६० वर्षअघि रुईबाट भागेर साम्दो पस्दा कर्माडुण्डुप लामालाई गर्व लागेको थियो। नेपालजस्तो स्वतन्त्र मुलुकको नागरिक हुन पाउँदा लामाले ठूलो सास फेरेका थिए। तर, ६ दशक अवधिमा रुईको विकास तीव्र गतिमा भयो। यताको अवस्था भने जहाँको तहीँ हुँदा लामालाई पछुतो लाग्दो रहेछ। उनी अहिले न फर्केर उता जान सक्छन् न त यहाँ आशालाग्दो वातावरण छ। चीनले रुईलाई सन् १९६० मा अधिनमा लिएपछि उनी बुवाआमाको पछि लागेर गोरखाको साम्दो गाउँ आएर बसेका थिए। त्यति बेला उनी १५ वर्षका आलाकाँचा थिए। अहिले ७६ वर्षका भुक्तभोगी भए। सुखको आशामा यता आए पनि झन् द...
उपेन्द्र पक्षका ५ सांसदले छाडे साथ

उपेन्द्र पक्षका ५ सांसदले छाडे साथ

पत्रपत्रिका
काठमाडौं । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ। यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ। गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोेलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए। त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुनकुन सांसद सहभागी थिए भन्ने खुलेक...
ओलीको विकल्प दिन कठिन हुने संकेत

ओलीको विकल्प दिन कठिन हुने संकेत

पत्रपत्रिका
काठमाडौं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर बन्दै गएको हो। ठाकुरसहितका १६ सांसदले नयाँ सरकार गठनको पक्षमा नउभिने जनाएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीकै उपेन्द्र यादव पक्षसहितको समर्थनमा वैकल्पिक सरकार गठनको सम्भावना कमजोर बन्न पुगेको छ। यद्यपि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नै नेतृत्वमा संयुक्त सरकार गठनका लागि पहल गर्ने दोहो¥याएको छ। पार्टी पदाधिकारीसहित प्रभावशाली नेताको बैठकले चैत २१ गतेको केन्द्रीय समिति निर्णयअनुसार ओली नेतृत्व सरकारको विकल्प दिन संसद्मा रहेका...