पत्रपत्रिका

इजरायल रोजगारीमा ठगी धन्दा सुरु

इजरायल रोजगारीमा ठगी धन्दा सुरु

पत्रपत्रिका
काठमाडौं । इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ । विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए । उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । उनले इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै ...
एसईई नतिजा प्रकाशित हुन किन ढिलाइ भइरहेको छ ?

एसईई नतिजा प्रकाशित हुन किन ढिलाइ भइरहेको छ ?

पत्रपत्रिका
काठमाडौं । देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो । स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो। केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छा...
एमसीसी सम्झौता झन् अन्योलमा फस्दै

एमसीसी सम्झौता झन् अन्योलमा फस्दै

पत्रपत्रिका, सुरक्षा/अपराध
काठमाडौं । करिब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता झन् अन्योलमा फस्दै गएको छ। विघटित संसद् पुनःस्थापना भएसँगै पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ३ साता बितिसकेको छ । तर, उक्त सम्झौता अनुमोदन गर्नेबारे गठबन्धनभित्रै चर्को मतभेद हुँदा अहिलेसम्म कुनै सहमति जुटेको छैन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति देउवा एमसीसी पारित गर्न इच्छुक देखिए पनि गठबन्धनभित्र रहेको चर्को मतभेदका कारण तत्काल एमसीसीलाई यथास्थितिमै राख्न चाहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । एमसीसी सम्झौतालाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा प्रधानमन्त्री देउवा देखिएका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने कुनै हालतमा यो सम्झौता जस्ताको तस्तै पास हुन नहुने अडानमा रहेका छन् । यसले सत्ता गठब...
लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने खेल : सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने खेल : सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

पत्रपत्रिका
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन हुनुभएको थियो । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले वलीको हस्ताक्षरसहित बहुमतको सरकार गठन गर्न निवेदन दिएलगत्तै आफू एमालेमा फर्केको भन्दै विज्ञप्ति आयो । तर, उहाँ बुधबार बिहान फेरि माओवादी केन्द्रमा फर्किनुभएको छ । उहाँ बुधबार बिहान प्रदेश सभा सचिवालयसँगै रहेको माओवादी संसदीय दलको कार्यालयमा आएर नेताहरूसँग छलफल र कुराकानी गर्नुभएको छ । त्यसअघि पार्टीको संसदीय दलको बैठकमा उपस्थित हुन माओवादी केन्द्रले सम्पर्क गर्दा विमलासँग सम्पर्क हुन सकेको थिएन । पार्टीले निरन्तर सम्पर्क गर्दा सम्पर्कमा नआएपछि उहाँ एमाले प्रवेश गरेको आशंका माओवादी ...
यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

पत्रपत्रिका
काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए । तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा...
रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !

रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !

पत्रपत्रिका
काठमाडौं । महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ । उक्त मत आफूतिर आकर्षित गर्ने प्रयासमा काँग्रेसमा नेताहरुले गरिरहेका छन् । बन्द कोठहरुमा काँग्रेसका नेताहरु आफू हिन्दुधर्वालम्बी भएको बचाएर मुल कुुरा छल्न खोज्दैछन् । काँग्रेसमा हिन्दु राष्ट्रका सबैभन्दा विरोधी नेताहरुमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ । तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दुराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखिद नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका...
कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्योलमा

कांग्रेसको कार्यतालिका भत्क्यो, महाधिवेशन अन्योलमा

पत्रपत्रिका
काठमाडौं । भदौ दोस्रो साता १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिबेला वडा, गाउँ/नगर अधिवेशन सक्नुपथ्र्यो। तर, क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ। अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन्। कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो। बारा, रौतहटलगायत जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समितिले छलफल जारी राखे पनि विवादको टुंगो लगाउन सकेको छैन। कांग्रेसलाई भदौ २३ भित्र १४ औं महाधिवेशन सम्पन्न गर्नै पर्ने संवैधानिक बाध्यता छ। पाँच वर्षभित्र महाधिवेशन नगरेको कांग्रेसले ‘विशेष परिस्थितिमा ६...
असुलीमा सिडिओ र एसपी

असुलीमा सिडिओ र एसपी

पत्रपत्रिका
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला यतिबेला प्राकृतिक प्रकोपको महाबिपत्तीमा छ। मेलम्ची नदीमा निरन्तर आएको बाढीले आसपासमा ठूलो क्षती पुर्‍याएको छ। यस्तो बेला जिल्लाका सिडिओ र एसपीको ध्यान भने पैसामै छ, त्यो पनि प्राकृतीक स्रोतको दोहन गरेर। अहिलेको वर्षाको समयमा पनि इन्द्रावती खोलाबाट ठूलो मात्रा बालुवाटा निकाल्ने काम भइरहेको छ, त्यो पनि एक्साभेटर प्रयोग गरेर। सिडिओ, एसपी, स्थानीय तह तथा सबै दलका नेतालाई मिलाएर साउनको बेला यस्तो दोहन बढेको हो। जसले गर्दा खोलामा बाढीको जोखिम झन् बढेको छ। सिन्धुपाल्चोकका सिडिओ अरुण पोखरेलले नै यसरी अवैध धन्दामा साथ दिएका हुन्। सिडिओ साब मिलेको भन्दै आफुले रोक्न नसक्ने भन्दै एसपी राजन अधिकारीले समेत मासिक पैसा बुझ्ने गरेको जिप्रका सिन्धुपाल्चोकका एक अधिकारी बताउँछन्। ‘काभ्रेमा सेटिङ मिलाउन सकेका रहेनछन्,’ ती अधिकारी भन्छन्,‘सिन्धुपाल्चोकमा भने खुलेआम रुपमा ...
आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

पत्रपत्रिका
काठमाडौं । सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ। सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन्। सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन्। २०६२ सालमा भर्ना भएकाहरू अझै इन्स्पेक्टर नै छन्। २०६४ सालमा भना भएकाहरू डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ। यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ। इन्स्पेक्टर र डिएसपीको बीचमा चिफ इन्स्पेक्टर पद सिर्जना गरेर समस्या समाधान गर्न महानिरीक्षक खनालले प्रक्रिया अघि बढाएका छन्। तर, १६ वर्ष इन्स्पेक्टर भएपछि डिएसपी हुने पालो कुरिरहेका अधिकृतलाई चिफ इन्स्पेक्टर पद निल्नु न ओकल्नु हुने अवस्था देखिन्छ। यसले उनीहरूको मनोबल बढ्ने अ...
मेलम्चीमा फेरि बाढी, ४६ घर र दुई पुल बगे

मेलम्चीमा फेरि बाढी, ४६ घर र दुई पुल बगे

पत्रपत्रिका
काठमाडौं । मेलम्ची खोलामा फेरि आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ। लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो। शनिबार राति हेलम्बु क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको हो। सिन्धुपाल्चोक प्रहरी प्रमुख राजन अधिकारीले बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिकामा बढी क्षति पुगेको बताए। उनका अनुसार बाढीले हेलम्बुका २२ पक्की र २४ कच्ची घर बगाएको छ। यसअघिको बाढीबाट यी घरमा क्षति पुगेको थियो। ‘बाढीले मेलम्ची–हेलम्बु जोड्ने चनौटेको रातो पुल बगाएको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पुल बगेसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेको छ।’ अघिल्लो बाढीमा जोगिएको यो पक्की पुल (ट्रस ब्रिज) आइतबार बिहान बगेको हो। शनिबार रातभर मेलम्ची यो पक्की पुलमाथिबाट बगेको थियो। अघिल्लो बाढीबाट मेलम्ची–हेलम्बु करिडोरमा भएकामध्ये यो पुलमात्र बग्नबाट बचेको थियो। गाउँपालिका र स्थानीयको प्रयासम...