पत्रपत्रिका

प्रधानमन्त्रीलाई महन्थ ठाकुरले दिए यस्तो वचन

प्रधानमन्त्रीलाई महन्थ ठाकुरले दिए यस्तो वचन

पत्रपत्रिका
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्। लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन्। यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन्। टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरत्सिंह भण्डारीले भने। ‘आजकै दिनमा टीकापुर घटना भएको थियो। सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन्। यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’ चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक ज...
कांग्रेसको सदस्यता विवाद अझै टुंगिएन

कांग्रेसको सदस्यता विवाद अझै टुंगिएन

पत्रपत्रिका
काठमाडौं । संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले पार्टीका क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुगेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अन्योल भएको छ । साउन ३० को केन्द्रीय कार्यसमितिको बैठकले भदौ १८ बाट प्रक्रिया सुरु गरी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिएको थियो । राजनीतिक दलको महाधिवेशनका लागि संविधानले तोकेको साढे पाँच महिनाको समयसीमा कांग्रेसको हकमा यही भदौ १९ बाट सकिँदै छ । पार्टीको वैधानिकता जोगाउन कांग्रेसले समयसीमाभित्रै प्रक्रिया सुरु गराई तीन महिनापछि केन्द्रीय महाधिवेशन धकेलेको थियो । वडा तहको अधिवेशन भदौ १८ मा सुरु गरेर दसैंअघि जिल्ला तहका अधिवेशन सक्ने र त्यसपछि प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको पछिल्लो कार्यतालिका छ । वडा अधिवेशन आउन दुई साता पनि बाँकी छैन । तर, वडा तहका मतदाता रहेका क्...
लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

लगानी बोर्डको औचित्यमाथि गम्भीर प्रश्न खडा

पत्रपत्रिका
काठमाडौं । स्थापनाको ३ वर्षमा नै लगानी बोर्डको औचित्यमाथि संवैधानिक निकायबाट गम्भीर प्रश्न खडा गरिएको छ । स्वदेशी वा विदेशी स्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवाक्षेत्रको विकास गरी लगानी प्रवर्द्धन गर्ने कार्यसम्पादनका लागि सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ बमोजिम लगानी बोर्डको कार्यालय सरकारले स्थापना गरे पनि कार्यसम्पादन ठीक नभएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको हो । मुलुकको सार्वजनिक स्रोतसाधनको संरक्षण गर्ने साथै सरकारी आम्दानी र खर्चलगायत सरकारका कार्यहरूको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको आधारमा लेखापरीक्षण गर्दै आएको संवैधानिक निकाय महालेखा परीक्षकको हालैको प्रतिवेदनले लगानी बोर्डको औचित्यमाथि प्रश्न उठाउँदै हालको अवस्थामा छाडिन नहुने ठहर गरेको छ । प्रतिवेदनअनुसार लेखापरीक्षणबाट लगानीबोर्डले उद्देश्यअनुरूप काम गर्नै सकेको...
मन्त्री शाहीद्वारा बलात्कारको प्रयास गरेको भिडियो सार्वजनिक 

मन्त्री शाहीद्वारा बलात्कारको प्रयास गरेको भिडियो सार्वजनिक 

पत्रपत्रिका
काठमाडौं । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’ भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्। प्रहरीको सम्पर्कम...
त्रिविका परीक्षा निर्धारित समयमै हुने

त्रिविका परीक्षा निर्धारित समयमै हुने

पत्रपत्रिका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने जानकारी दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ । यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालन गर्न हुने नहुने सम्बन्धमा हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको ...
ओली १० बुँदेमा लचक हुने सम्भावना कम

ओली १० बुँदेमा लचक हुने सम्भावना कम

पत्रपत्रिका
काठमाडौं । एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्। ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने। एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्। नेपाल पक्षका रहेक...
सुरक्षा निकायको रासन भत्ता बढेन

सुरक्षा निकायको रासन भत्ता बढेन

पत्रपत्रिका
काठमाडौं । अघिल्लो सरकारले दुई सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीलाई रासनभत्ता बढाउने घोषणा गरे पनि अहिलेको सरकारले उक्त रासन भत्ता रोकेको छ । शेरबहादुर देउवा सरकारले अघिल्लो सरकारले बढाएको तलबलाई मान्यता दिएर निकासा गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिए पनि रासन भत्ताको बारेमा भने सरकार मौन भएपछि दुवै सुरक्षा निकायका लेखा अधिकृतहरू अलमलमा परेका छन् । रासनभत्ताको स्केल बनाउँदा बढेको बनाउने कि पुरानै दरमा बनाउने ती अधिकृतहरू अलमलमा परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सबै सुरक्षाकर्मीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने केपी ओली सरकारको निर्णयलाई शेरबहादुर देउवा सरकारले बेवास्ता गरेपछि अघिल्लो सरकारले घोषणा गरेको कार्यक्रम अलपत्र पर्ने हो कि भन्ने चिन्ता सुरक्षाकर्मीले लिएका छन् । सरकारले बढेको रासनभत्ता रोकेपछि पुरानै रासनभत्ता वितरणको तयारी गरेको एक लेखा अधिकृतले ...
बादल र न्यौपानेद्वारा सुराकी खर्चको नाममा डरलाग्दो भ्रष्टाचार

बादल र न्यौपानेद्वारा सुराकी खर्चको नाममा डरलाग्दो भ्रष्टाचार

पत्रपत्रिका
काठमाडौं। गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन दिए पनि त्यसमा सुधार हुन नसकेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६/७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च गरे । न्यौपानेले ७६ लाख ५८ हजार र थापाले ७२ लाख लिएको महालेखाको शुक्रबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ । एक दशकदेखि महालेखाले सुराकी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिइरहेको छ तर त्यसलाई अटेरमात्र गरिएको छैन, अपारदर्शीसमेत छ । २८ वर्षअघि मन्त्रिपरिषद्बाट पारित कार्यविधिलाई टेकेर गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आ...
के माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ?,दोहोरिएला भीम रावलको ‘नजिर’ ?

के माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ?,दोहोरिएला भीम रावलको ‘नजिर’ ?

पत्रपत्रिका
काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद धरापमा परे पनि सभामुख अग्नि सापकोटाको टेबुलमा पुगेर अडिएको छ । उनीहरुको पद छिटो रिक्त गराउन माग गर्र्दै एमालेका सांसदहरु हरेक दिनजसो सिंहदरबारस्थित सभामुखको कार्यालयमा धाउन थालेका छन् । बिहीबार सभामुख सापकोटालाई भेटेर ज्ञापन पत्र दिँदै तत्काल उनीहरुलाई कारवाही गरेको सूचना टाँस गर्न एमाले नेताहरुले दबावका साथै चेतावनीसमेत दिए । शुक्रबार बिहान पनि उनीहरु सभामुख सापकोटालाई भेट्न भन्दै उनको कार्यकक्षमा डेढ घण्टा धर्ना बसे । जतिबेला सभामुख भने सिन्धुपाल्चोक पुगिसकेका थिए । सभामुख सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नंबर २ मा समाजसेवी पद्म बज्र लामाको निधनप्रति दुःख ब्यक्त गर्न र परिवारका सदस्यलाई समवेदना ब्यक्त गर्न गएका थिए । सभामुख आउलान् र दबाव दिउँला भनेर कार्यकक्षमा बसेका एमालेका करिब १५ जना सांसद सभामुख सिन्धुपाल्चोक पुगेको...
ठाकुर पक्ष सरकारमा नजाने

ठाकुर पक्ष सरकारमा नजाने

पत्रपत्रिका
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । ठाकुर समूहले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएको छ । पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले कान्तिपुरलाई बताए । ‘सरकारलाई हामीले विश्वासको मत दिनुको अर्थ सरकारमै जाने भन्ने होइन, अहिले हामी सरकारमा जाने सम्भावना छैन,’ उनले भने, ‘हाम्रो प्राथमिकता मधेसका मुद्दा हुन् । हामीले अघि सारेका मुद्दालाई सरकारले कसरी हेर्छ, त्यसका आधारमा हामी सरकारमा जाने/नजाने, सरकारलाई समर्थन दिने वा नदिने भन्ने निर्धारण गर्छौं ।’ शरतसिंह भण्डारीसहित केहीले सरकारलाई विश्वासको मत दिइसकेपछि सरकारमा जान ढोका बन्द गर्न नहुने मत पनि उठाएका छन्...