पत्रपत्रिका

दैनिक ४०० मेगावाट विद्युत् खेर

दैनिक ४०० मेगावाट विद्युत् खेर

पत्रपत्रिका
काठमाडौं : विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो। हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर ...
काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक

पत्रपत्रिका
काठमाडौँ । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ। उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ। विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन्। जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ। पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे–नागढुंग...
बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

पत्रपत्रिका
काठमाडौँ : बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् । ५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन्। नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन्। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेना...
एमाले–माओवादीलाई महाधिवेशनको चटारो

एमाले–माओवादीलाई महाधिवेशनको चटारो

पत्रपत्रिका
काठमाडौँ : सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्। एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन्। कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ। मंसिरमा हुने महाधिवेशनअगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दैछ। कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहमा अधिवेशन हुने एमालेले जनाएको छ। अधिवेशन तथा नेतृत्व चयन विधिबारे केन्द्रबाट माप...
ठाउँठाउँमा बाढीपहिरोको बितण्डा : १६ जनाको मृत्यु

ठाउँठाउँमा बाढीपहिरोको बितण्डा : १६ जनाको मृत्यु

पत्रपत्रिका
काठमाडौँ । मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ। पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्। वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।...
दुई सिस्टम मिसिँदा अत्यधिक वर्षा

दुई सिस्टम मिसिँदा अत्यधिक वर्षा

पत्रपत्रिका
काठमाडौं : बंगालको खाडी तथा मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा देशभर मौसम बदली भएको छ। पश्चिमी भूभागमा अत्यधिक वर्षा भइरहेको छ। ‘जब यी दुईवटा सिस्टम मिसिन्छन् तब यसले अत्यधिक वर्षा गराउँछ’, जल तथा मौसम विज्ञान विभागकी सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलले भनिन्। नेपालमा भएका अधिकांश घटना हेर्दा दुई सिस्टम मिसिएपछि ‘गम्भीर प्रकृति’का वर्षा भएको पाइएको कँडेलको भनाइ छ। बागमती, गण्डकी र प्रदेश १ का उत्तरी भू–भागमा आइतबार वर्षा भएको थियो। उक्त सिस्टम सोमबार पश्चिमतिर सरेको उनले बताइन्। भनिन् ‘सबैभन्दा धेरै सुदूरपश्चिममा सरेको छ। त्यहाँका ५–६ वटा स्टेसनमा सय मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ।’ लुम्बिनी, पोखरा, कास्की, गुल्मी, पर्वतलगायत स्थानमा पनि ५० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ। तर, कतिपय स्थानमा स्टेसन नहुँदा मापन गर्न नसकिएक...
प्रधानमन्त्री देउवा किन जाँदैछन् बेलायत ?

प्रधानमन्त्री देउवा किन जाँदैछन् बेलायत ?

पत्रपत्रिका
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गो जाने भएका छन्। ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन हुँदैछ। मन्त्रिपरिषद्को सोमबारको बैठकले सम्मेलनमा जाने प्रतिनिधिमण्डलको गठन गरेको हो। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा कुनै पनि देशको भ्रमणमा गएका छैनन्। यो उनको पहिलो विदेश भ्रमण हुनेछ। यस्तै बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संंशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ। अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृति दिने ...
राति भेट्न बोलाएर तीन दिदिबहिनीमाथि ९ युवकद्वारा सामूहिक बलात्कार

राति भेट्न बोलाएर तीन दिदिबहिनीमाथि ९ युवकद्वारा सामूहिक बलात्कार

पत्रपत्रिका
सिन्धुली । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् । प्रहरीका अनुसार बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो । चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जन...
यसरी बन्यो सिटीजन्स बैंक लुट्ने योजना

यसरी बन्यो सिटीजन्स बैंक लुट्ने योजना

पत्रपत्रिका
विराटनगर : व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि ऋणको भार बढ्दै गयो । झन् कोरोना सुरु भएपछि त व्यापार डामाडोल भयो । ३२ वर्षीय मुखिया ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्तामा परे । व्यापारमा डुबेको रकम चाँडो हात पार्ने उपायको खोजीमा लागे । उनै मुखियाको योजनामा एक साताअघि मोरङमा बैंक लुटपाट भएको प्रहरी अनुसन्धानमा खुलेको छ । गत सोमबार अपराह्न मोरङको धनपालथान गाउँपालिका–४, कर्सियास्थित सिटीजन्स बैंकको शाखामा लुटपाट भएको थियो । विराटनगर–८, बलुवाहीका मुखियाले भारतका पेसेवर अपराधी ल्याएर बैंक लुटेको प्रहरीको भनाइ छ । हालसम्म पक्राउ तीनमध्ये एक भारतमा हत्याका फरार अभियुक्त हुन् । पक्राउ पर्ने मुखिया र अन्य दुईमा भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी छन् ...
नक्कली नोट पर्ला नि !, कसरी थाहा पाउने नक्कली नोट ?

नक्कली नोट पर्ला नि !, कसरी थाहा पाउने नक्कली नोट ?

पत्रपत्रिका
काठमाडौं : चाडबाडको बेला छ। किनमेल र सरसापटी गर्दा पैसाको कारोबार हुन्छ। यस्तै बेला, नक्कली नोटको कारोबार गर्नेले सर्वसाधारणलाई झुक्याएर नक्कली नोट भिडाउने गरेका छन्। चाडबाडको बेला पैसाको कारोबार गर्दा सतर्क हुनुपर्ने सुझाव दिन्छन्, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल। भीडभाडमा किनमेल गर्दा र हतारमा पैसाको कारोबार गर्दा नक्कली नोटका कारोबारीले सर्वसाधारणलाई झुक्याउने गरेको नेपालको भनाइ छ। ‘यस्ता गिरोहले सक्कली नोटमा नक्कली मिसाएर सर्वसाधारणलाई ठग्ने गरेका छन्,’ नेपालले भने। यस्ता नोटहरू बैंकिङ प्रणाली पनि पार गरेर राष्ट्र बैंकसम्म पुग्ने गरेका छन्। प्रहरीले नक्कली नोटको कारोबार गर्नेलाई बेलाबेला पक्राउ गरे पनि यस्ता घटनामा भने कमी आएको छैन। दसैंको मुखमा धनकुटाबाट नक्कली नोट कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गर्‍यो। एक लाख नक्कली नोट बरामद भएपछि प्रहरीले दसै...