आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
वि.सं.२०७८ साल असोज १६ गते । शनिवार । ईश्वी सन् २०२१ अक्टोबर ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– एकादशी, बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त द्घादशी । नक्षत्र– अश्लेषा, रातको ०१ बजेर ५१ मिनेट उप्रान्त मघा । योग– सिद्ध, बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त साध्य । करण– बव, बिहान ०७ बजेर ४५ मिनेट उप्रान्त बालव, बेलुकी ०७ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २९ घडी ३५ पला । एकादशी श्राद्ध, इन्दिरा एकादशीव्रत,विश्वअहिंसा दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्...