खेलकुद

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई

खेलकुद
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले ट्वीट गर्दै महिला भलिबल टोलीलाई बधाई दिएका हुन्। प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिएका छन्। बङ्गलादेशमा मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो।...
शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली

शीर्ष स्थानमा रहँदै फाइनल पुग्ने दाउमा महिला भलिबल टोली

खेलकुद
काठमाडौं : एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल १:१५ मा हुनेछ । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा छ भने उज्वेकिस्तान नौ अंक जोड्दै शिर्ष स्थानमा छ । सात अंक जोडेको श्रीलंका तेस्रो स्थानमा र तीन अंक जोडेको किर्गिस्तान चौथो स्थानमा छ । बंगलादेश र माल्दिभ्स अंकविहीन छन् । साविक विजेता टोलीले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्व ३-२ को जित निकाल्दै श्रीलंकासँग एक अंक बाँडेको थियो । यस्तै शुक्रबार माल्दिभ्स र शनिबार घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो...
म्यानचेस्टर सिटीलाई वाटफोर्डको चुनौती, दबाब र तनावमा रोनाल्डो

म्यानचेस्टर सिटीलाई वाटफोर्डको चुनौती, दबाब र तनावमा रोनाल्डो

खेलकुद
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले र वाटफोर्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ः४५ बजे शुरु हुनेछ। हाल युनाइटेड ११ खेलबाट २० अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। वाटफोर्ड रेलिगेशन जोनभन्दा एकस्थान माथि रहेको छ। उसले समान खेलबाट १० अंक जोडेको छ। हाल प्रिमियर लिगको शीर्षस्थानमा चेल्सी रहेको छ। चेल्सीले समान खेलबाट २६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। वेस्ट ह्याम पनि समान २३ अंकका साथ तेस्रो स्थानमा छ। युनाइटेड र वाटफोर्डबीच हालसम्म ३५ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २४ खेलमा युनाइटेड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएको छ भने ६ खेल वाटफोर्डले जितेको छ। लिग शुरु हुँदा उपाधि दाबेदार मानिएको युनाइटेड केही कमजोर देखिएको छ। लिगमा अब हुने खेलहरु उसका लागि निकै महत्त्वपूर्ण हुनेछन्। हरेक खेलमा टोलीमा मुख्य स्ट्राइकरम...
टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई

खेलकुद
काठमाडौं । आइसिसि टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितको छ। आइतबार भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो टी–२० विश्वकप क्रिकेटको उपाधि उचालेको हो। न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले २ विकेटको क्षतिमा ७ बल अगावै भेट्टाएको हो। उसका लागि मिचेल मार्सले ५० बलमा ७७ रन बनाए भने डेविड वार्नरले ३८ बलमा ५३ रनको योगदान दिए। कप्तान आरोन फिन्च ५ रनमा पवेलियन फर्किँदा ग्लेन म्याक्सवेलले १८ बलमा २८ रन बनाए। बलिङमा अष्ट्रेलियाका ट्रेन्ट बल्टले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले ४ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो। विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए। अस्ट्रेलियका लागि हेजलव...
फ्रान्स विश्वकपमा छनोट, हालसम्म कुन कुन टोलीले गरे कतारको टिकट पक्का ?

फ्रान्स विश्वकपमा छनोट, हालसम्म कुन कुन टोलीले गरे कतारको टिकट पक्का ?

खेलकुद
एजेन्सी । फ्रान्सले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेको छ। फिफा विश्वकप–२०२२ को युरोपेली छनोट अन्तर्गत शनिबार राति घरेलु मैदानमा काजकिस्तानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै फ्रान्स एक खेल अगावै विश्वकपमा पुगेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पेले ह्याट्रिकसहित चार गोल गरे। त्यस्तै करिम बेन्जेमाले दुई गोल गर्दा एड्रिन रोविट र एन्टोनी ग्रिजमनले एक–एक गोल गरे । योसँगै फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेका छन् । कतारले आयोजकको हैसियतमा विश्वकप खेल्नेछ ।...
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

खेलकुद
काठमाडौं : म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुई खेलाडीले ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए । यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल सर्बाधिक ६७ र फकर जमानले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।...
न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

न्युजिल्याण्ड टी–२० विश्वकपको फाइनलमा

खेलकुद
एजेन्सी । न्युजिल्याण्ड आइसिसि टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो। दुबईको अबुधाबीमा भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ५ विकेट गुमाउँदै ६ बलअघि नै भेट्टायो। न्युजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक भएको थियो। खराब शुरुवात गरेको न्युजिल्याण्डलका लागि डेरिएल मिचेचल र ड्वेन काउनवेले टिम शानदार प्रदर्शन गरे। मिचेलले नटआउट ७३ रन बनाए भने काउनवेले ४६ रन बनाएका थिए। तर न्यूजिल्याण्डको जितमा जेम्स निशमको महत्वपूर्ण योगदान रह्यो। उनले सुरुदेखि नै हिटिंग गरेका थिए। १७ औं ओभरमा कृस जर्डानको ओभरमा २३ रन जोडेर उनले न्यूजिल्याण्डको जितको आशा जगाएका थिए। उनले ११ बलमा २७ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस वोयक्स र लायम लिभिङस्कोटनले समान २–२ विकेट लिए भने ...
रोहितलाई कप्तानको जिम्मेवारी, विराट टोलीमा अटाएनन्

रोहितलाई कप्तानको जिम्मेवारी, विराट टोलीमा अटाएनन्

खेलकुद
एजेन्सी । भारतले यसै महिना हुने न्युजिल्यान्ड भ्रमणका लागि रोहित शार्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्ब १७ बाट सुरु हुने न्युजिल्यान्डविरुद्ध तीन ट्वान्टी२० खेलको शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । त्यस्तै केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । न्युजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटपछि छोटो संरचनाको क्रिकेट टोलीको कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्युजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन । यस पटक भारतीय टोलीमा वेनकटेस अ‍ैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ । त्यस्तै श्रेयस अ‍ैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन् । यस संस्करणको विश्वकपमा उपाधिको दाबेदार मानिएपनि भारतको य...
वेस्ट ह्यामसँग लिभरपुल पराजित

वेस्ट ह्यामसँग लिभरपुल पराजित

खेलकुद
एजेन्सी : इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले बलियो टोली लिभरपुललाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्याम लिभरपुलविरुद्ध ३–२ गोलले विजयी भएको हो। लिभरपुलले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमाएको छ। लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो। खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो। पहिलो हाफकै ४१ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सुन्दर गोल गरेका थिए। दोस्रो हाफको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिए। उनले काउन्टर अट्याकमा जेरोड बोवेनको पासलाई गोलमा परिणत गरेका थिए। त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दै वेस्टह्यामलाई ३–० ले अघि बढाए। खेलको ८३ औं मिनेटमा डिभोक ओरिगीले गो...
३ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

३ गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकियो

खेलकुद
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले सेल्टा भिगोसँग बराबरी गरेको छ। शनिबार भएको खेलमा दुई टोलीले ३–३ गोलको बराबरी गरेका हुन्। सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३–० को अग्रता बनाएको बार्सिलोनाले त्यसलाई जोगाउन सकेन। खेलको पाँचौ मिनेटमा नै बार्सिलोनाले शुरुवाती अग्रता बनाएको थियो। युवा फरवार्ड अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए। १८ औं मिनेटमा सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गर्दै अग्रता दोब्बर पारे। ३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३–० ले अघि बढेको थियो। तर दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो। चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन्। बार्सिलोना केहि रक्षात्मक भएको फाइदा उठाउँदै इयागो आसपासले ५२ औं मिनेटमा पहिलो गोल गरे। ७४ औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरम...