अर्थ

पेट्रोलियम पाइपलाइनमा भारतको १५ अर्ब अनुदान, झापा र चितवनमा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बन्ने

पेट्रोलियम पाइपलाइनमा भारतको १५ अर्ब अनुदान, झापा र चितवनमा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बन्ने

काठमाडौं । नेपालमा पेट्रोलियम पाइपलाइन विस्तारमा भारतले सहयोग गर्ने भएको छ । सो अनुदानका सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ। भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । त्यस्तै नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ । चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने पनि सम्झौता भएको छ । उल्लेखित परियोजनाहरुमा भारत सरकारको करिव १५ अरब…
Read More
नाेट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

नाेट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न दरका नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। विभिन्न ५ प्रकारका ३५ करोडप्रति नोट छपाइका लागि राष्ट्र बैंकले 'चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन' सँग ठेक्का सम्झौता गरेको हो। ५१ लाख ५८ करोड ८५८ डलर अर्थात् आजको डलर मूल्यअनुसार ६८ करोड ७६ लाख रूपैयाँमा यस कम्पनीसँग ठेक्का सम्झौता भएको राष्ट्र बैंकले जनाएको छ। अन्य कम्पनीको तुलनामा शून्य मूल्यमा बोलकबोल प्रक्रियामा सहभागी भएकाले राष्ट्र बैंकले नोट छपाइका लागि उक्त कम्पनीलाई जिम्मा दिएको हो। राष्ट्र बैंकले प्रत्येक वर्ष औसत १ अर्ब ३३ करोड रूपैयाँ बैंक नोट छपाइमा खर्च गर्दै आएको छ। गभर्नर महाप्रसाद अधिकारीले…
Read More
नेपाल लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघको सहकार्यमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ आयोजना

नेपाल लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघको सहकार्यमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ आयोजना

काठमाडौं। काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघको सहकार्यमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल-भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागीता जनाएका थिए । कार्यक्रममा बोल्दै नेपाल-भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताएकी थिइन् । त्यस्तै, मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष…
Read More
‘महँगो ब्याजदरको चिनियाँ ऋण सम्बन्धको मापक बन्न सक्दैन’

‘महँगो ब्याजदरको चिनियाँ ऋण सम्बन्धको मापक बन्न सक्दैन’

काठमाडाैं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि उत्तरी छिमेकी चीनको ९ दिने यात्राबाट आफ्नो दोस्रो इनिङको सुरुवात गर्दैछन् । आफ्ना समकक्षी वाङ यीको निमन्त्रणामा चीन पुगेका परराष्ट्रमन्त्री श्रेष्ठसँग चीनले आफ्नो महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) का विषयमा छलफललाई निरन्तरता दिन थालेको छ । नेपाल २०७४ (सन् २०१७) मै चीनको महत्वकाँक्षी रणनीतिक योजना बीआराईको जालोमा परिसकेको छ । त्यसयता चीनले बीआरआई अन्तरगत राखिएका योजनालाई कहिले ऋण, कहिले अनुदान भनेर झुलाउँदै आएको छ । बीआरआई ऋण कि अनुदान भन्ने विषयमा चीनले आफ्नो प्रष्ट धारणा नराख्दा पछिल्लो समय चीनले नेपालमा बनाएका परियोजनाको भविष्य समेत अन्योलमा छ । नेपाल सरकारले बीआरआईमा…
Read More
अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

काठमाडौं । अब नेपालमा आउने भारतीयहरूले क्यूआरबाट पैसा तिर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने सुविधा ल्याइएको हो । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सेवा शुक्रबारबाट सुरू भएको हो । उनीहरुले युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् । यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटेल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको…
Read More
भारतीय पर्यटकलाई लक्षित गर्दै इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

भारतीय पर्यटकलाई लक्षित गर्दै इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडाैं । नेपालमा सबैभन्दा धेरै पर्यटकहरू छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्। अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन व्यवसायमा पर्यटकहरूलाई सहजता प्रदान गर्न इसेवाले अन्तर्राष्ट्रिय भुक्तानी सेवा ल्याएको बताएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरू भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्युआर कोडमार्फत् डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ। फोनपे क्युआर लिएका साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवाले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ। नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो।…
Read More
राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरको सीमा बढाएको छ । मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो । यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले न्यून हुनुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो । यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने मुद्दती निक्षेप (स्वेदशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने…
Read More
केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसीले भनेजस्तो ५ सय र हजारको नोट प्रतिबन्ध गर्न सम्भव छ ? काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भारतले जस्तै नेपाल सरकारले पनि नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका छन् । बैठकमा १४ बुँदे धारणा राख्दै उनले ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो। यसको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले भने–‘माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास…
Read More
सात महिनामा आयो २८ अर्बको खाद्यान्न

सात महिनामा आयो २८ अर्बको खाद्यान्न

काठमाडौँ । चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो । गत वर्ष सात महिनामा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो करिब ४९ अर्ब रुपैयाँ कम हो । साउनयता नेपालबाट ६८ लाख १८ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालले २८ अर्ब २० अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा भएको छ । खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले १अर्ब ७९ करोड ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालमा अर्जेन्टिना,…
Read More
राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

राष्ट्र बैंकले भन्यो – सर्वसाधारणको निक्षेप सबै बैंकमा सुरक्षित छ, कुनै समस्या छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । राष्ट्र बैंक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष, कर्जा निक्षेप अनुपात र तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको दाबी गरेको हो । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी भइरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बताएको छ । राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रममा पार्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न समेत आग्रह गरेको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.