नेकपाकाे राजनीतिमा चीनकाे चलखेल

काठमाडौं । सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किएसँगै त्यसलाई साम्य पार्न काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ‘सहजीकरण’ गरिरहेको उच्च राजनीतिक स्रोतहरुले पुष्टि गरेका छन् । उनले नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधव नेपाल पक्षबीच जारी विवाद चर्किन नदिन बेइजिङको सन्देशलाइ विभिन्न माध्यमबाट शीर्ष नेताकाे घरघरमा पुर्याइ रहेकी छन्।

नेकपा फुट्न लागेपछि चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका छन्। आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारको भेटघाटमा सँगै हिड्न नसकिएकाे भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरे लगत्तै चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका हुन्। स्राेतका अनुसार पार्टी फुट्ना नदिनकाे लागि बामदेव गाैतमकाेदेखि बिष्णु पाैडेलको घरसम्म रातभर दौडधुप भइहेकाे छ।

सानेपाको एक अपार्टमेन्टमा बस्ने चिनियाँ एजेन्टहरू शनिबार राति पहिले बामदेवको घरमा पुगेका छ्न् । त्यसपछी बिष्णुको घरमा पुगेका हुन्। त्यस लगत्तै अन्य नेताहरूकाे घरमा चिनियाँ नेताहरू पुगिरहेका छन्। त्यस्तै केही समयअघि नेकपाका शीर्ष नेताहरुलेचिनियाँ राजदूतलाई घरघरमा बोलाएर पार्टीको विवादका विषयमा कुरा गर्नुले नेपालको कुटनीति मर्यादालाई समेत समाप्त पारेको परराष्टविद्हरू बताउछन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.