हुम्लाका २८ विद्यालयलाई बुधबारदेखि पठनपाठन गर्न अनुमति

सिमकोट । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले आइतबार एक निणर्य गर्दै आगामी बुधबारदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ ।

उच्च हिमाली जिल्लासँगै मंसिर, पुष र माघ तीन महिना जाडो बढी हुने भएका कारण मंसिरमा शैक्षिक संस्था बन्द भएर फागुन महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुने भएका कारण आइतबार बसेको गाउँकार्यपालिकाको बैठकले यही कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गर्ने अनुमति दिएको हो ।

कार्यपालिका पदाधिकारी र गाउँपालिकामा कार्यरत शिक्षकको उपस्थितमा बसेको बैठकले विद्यालय सञ्चालनका लागि अनुमति दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

गत चैतदेखि कोरोना कहरले सो गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत २८ विद्यालय बन्द रहेका थिए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.