बेनीमा फेरि लकडाउन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गर्ने निर्णय गरेकाे छ ।

जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको दसैँकाे बीचमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गरिएको हो ।

 प्रशासनले शुक्रबार दिउँसो सूचना प्रकाशन गरी बेनी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गर्ने सेवा, सदरमुकाम बेनीस्थित सबै बैंक, वित्तीय संस्था, सरकारी कार्यालयबाट प्रदान गर्ने सेवाहरु समेत शुक्रबार राति १२ बजेदेखि एक हप्ताका लागि बन्द गरेको जनाएको छ ।

बेनी नगरपालिका, सुरक्षा समिति, उद्योग वाणिज्य संघ समेतका आग्रहमा जिल्ला प्रशासनले लकडाउन गरेको जनाएको छ ।

अति आवश्यक सेवा र वस्तु (अस्पताल, औषधि पसल २४ सै घण्टा)का सबै पसल बिहान ८ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । आवश्यक सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाई अति जरुरी कामबाहेक कसैले पनि घर बाहिर ननिक्लन आग्रह गरेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.