काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ स ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज देशभर ३ हजार १ सय ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

२४ घण्टायता १ हजार ८ सय जना संक्रमित डिस्चार्ज भएका छन्। देशभर डिस्चार्ज हुनेको संख्या जम्मा ८९ हजार ८ सय ३७ पुगेको छ।

आज देशभर ३७ हजार ७३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.