४ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताल बन्द

पाल्पा । ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाल्पा अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

शुक्रबार पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

अस्पतालले जारी गरेको सूचनाअनुसार असोज २७ गते अस्पतालबाट ९ जनाको स्वाव पीसीआर परीक्षणका लागि पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.