छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

काठमाडाैं । रुपन्देहीकाे छुट्टाछुट्टै स्थानमा भएकाे घटनामा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको सियारी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कृष्ण केसीको करेन्ट लागेर मृत्यु भएको छ । नहरमा मोटर लगाएर बारी सिंचाईका लागि पानी तान्ने क्रममा करेन्ट लाग्दा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाहलाई जिपले ठक्कर दिँदा मृत्यु भएको छ। सिद्धार्थनगर–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचिरहेका मल्लाहलाई लु.१ य ८ नम्बरको जिपले ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, मंगलबार नै बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गमा परिचय नखुलेका एउटा शब परेकाे प्रहरीले जनाएकाे छ ।

अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले बताएको छ। ती पुरुषको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएकाे डीएसपी खड्काले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.