निर्मला पन्तको जीवनीमा आधारित ‘कोपिला’

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको जीवनमा आधारित फिल्म ‘कोपिला’ डिजिटल प्ल्याटफर्ममार्फत् सार्वजनिक भएको छ। ‘कोपिला’ शुक्रवार दामी म्यूजिक एपमार्फत् रिलिज भएको हो।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि बनेको फिल्मको एपको मोबाइल थिएटरमा ४ सो उपलब्ध छ ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ।

‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ। फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ।

दामी म्यूजिकले हरेक साता एक नेपाली फिल्म ‘फ्राइडे रिलिज’ गराउँदै आएको छ। फिल्म हेर्न दर्शकले ७५ रुपैयाँ तिर्नु पर्छ। एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.