भिसा नीतिमा कुनै परिवर्तन नगरिएकाे अमेरिकी दूतावासद्वारा स्पष्ट

काठमाडौं । अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नगरेकाे स्पस्ट पारेकाे छ । कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गर्दै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नगरेकाे जनाएकाे हाे ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी भिसाको सम्बन्धमा केही समाचारहरुको प्रकाशनले उत्पन्न गरेको भ्रामक सूचनालाई लिएर हाम्रो ध्यानाकर्षण भएको छ ।’

दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौ कि हामीले हाम्रो नीतिमा कुनै परिवर्तन गरेका छैनौं । साथै, अमेरिकामा भ्रमण गर्ने वा प्रवासी कम्युष्टि पार्टीका सदस्यहरु वा निरंकुश शासन प्रणालीका सदस्यहरुको बारेमा हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अमेरिकामा बस्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारिएको छ । ‘हरेक भिसाको विषय व्यक्तिगत आधारमा निरुपण गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यहरुलाई भिसा नदिने लगायतका समाचार आएपछि नेकपाका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले सामाजिक संजालमा यसले ‘स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो नमूना पुँजीवादी लोकतन्त्र ?’ भन्दै प्रश्न गरेका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.