बालिका बलात्कारको आरोपमा ट्युसन शिक्षक पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साह रहेका प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पाँच वर्षीय बालिकालाई करणी गरेको उजुरी आएपछि साहलाई पक्राउ गरिएको जानकारी दिए । साहले चार जना बालबालिकालाई वैशाखदेखि घरमै गएर ट्युसन पढाउँदै आएका थिए ।

पीडित बालिकासहित उनका ११ वर्षीय दाजु, चार वर्षीय भाइ र पीडित बालिकाकी अभिभावकका घरबेटीका नौ वर्षीय बच्चालाई साहले घरमै गएर ट्युसन पढाउने क्रममा शनिबार जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.