नेपाली भूमी मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौ । नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएकाे छ। नेपाल विद्यार्थी संघ एवम तरुण दलसङग आवद्ध युवा तथा बिद्यार्थीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेकाे हाे।

उक्त पार्टीकाे अगुवाइमा पुगेको समूहले ‘ ब्याक अफ चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपकाे खेदाे खन्दै नेपालमा चीनकाे दादागिरी चल्दै भन्दै चीनविरूद्द अाक्राेश समेत पाेखेका छन्।

सहभागीहरूले नेपालकाे भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर लगाएतका नाराहरू लगाएका हुन्। हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हाे।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेकाे छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.