काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको कुल संख्या नेपालमा ४२८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यस्तै नेपालमा आज थप २१२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।
आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।
याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले जनाएकाे छ ।
