चलचित्र निर्देशक शेर्माको निधन

काठमाडाैं । चलचित्र निर्देशक प्रेम शेर्मा माङजाबुङेको निधन भएको छ।

लामो समयदेखि उच्च रक्तचापसम्बन्धी समस्या भोगिरहेका शेर्माको उलर्लाबारीस्थित निवासमा आज बिहान निधन भएको कलाकार प्रेम सुब्बाले जानकारी दिए।

उनले ‘देउमाईको किनार’ चलचित्रको निर्देशन गरेका थिए। सन्जय थापा (नेकपा नेता प्रदिप नेपाल) को लेखनमा बनेको चलचित्र निरकुंश पन्चायती व्यवस्था विरुद्धको आन्दोलनमा अग्रणी भूमिका निभाएका शहिद रत्नकुमार बान्तावाको भूमिकाको विषयमा केन्द्रित रहेको थियो।

बान्तावाको २७ चैत्र २०३५ सालमा देउमाई नदीको शिर ईभाङ (ईलाम) मा तत्कालीन पञ्चायती शासकले हत्या गरेको थियो। निर्देशक शेर्माको श्रीमती, दुई छोरी र छोराबुहारी छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.