चार्टर्ड उडानमा कसले गर्‍यो ब्ल्याक मेलिङ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री योगेश भट्टराईले उडान संख्या बढाउँदै लगिने बताएका छन्।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले चार्टर्ड उडान संख्या घटाएर नियमित उडानमा जाने तयारी भएको बताए ।

तत्कालै दैनिक १२ देखि १५ वटा उडान सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ। सरकारले असोज १५ देखि नियमित उडान गर्ने निर्णय गरेको छ। ‘अब नियमित उडानलाई प्रौत्साहत दिने छौं,’उनले भने ‘चार्टर्ड उडान घटाउँदै लैजाने छौं’ नियमित उडान भए यहाँबाट विदेश जान पाउँछन्।’ महामारी नरोकिए पनि कोरोनासँग जुधेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ। ‘परिस्थिति प्रतिकुल छ।

महामारीको पूर्वानुमान कसैले गर्न सक्दैन,’उनले भने,‘भागेर तर्सेर हल नहुने भएकाले कोरोनासँग आमुन्ने, सामुन्ने हुनुपर्छ ।’ विश्वभरी नै ५० प्रतिशत उडान प्रभावित छन्। मन्त्री भट्टराईले अमेरिकामा दैनिक ४४ हजार उडान भइरहेकोमा २० हजार मात्रै उडान भइरहेको बताए। ‘इन्डियाले उडान खोलेको छैन। हामीले खोल्ने, उसले नखोल्ने हुनु हुँदैन’उनले भने। उड्न, टिकट नपाएको तथा धेरै मूल्य तिरेर ब्ल्याक मेलिङमा किन्नु परेको समस्या होला। ’

विश्वको जुनसुकै देशमा बसेपनि नेपाल फर्कदा ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य चाहिने उनले बताए । ‘उडान सीमित हुँदैन,’उनले भने,‘सम्बन्धीत देशका राजदूतावासले भनेअनुसार उडान संख्या थप्न सकिन्छ ।’सम्बन्धीत देशको प्रोटोकलमा ध्यान दिनुपर्छ। देशअनुसार प्रोटोकल फरकफरक हुन्छन् । नियमित उडान खुलेपछि एम्बेसीले लिस्ट बनाउनु नपर्ने उनले बताए।
श्रम गन्तव्य मुलुक या रोजगारदाता कुनैले नेपाल फर्काइदिन्छौं भन्यो भने उडान स्वीकृति, उडान नियमन दूतावासले गर्नुपर्छ,’मन्त्री भट्टराईलै भने। साउदी, बहराइनमा विगतमा पनि नियमित थिएनन् । दूतावासले मागे अनुसार उडान अनुमति दिन सकिने उनले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.