नेतालाई सत्ताे-श्राप नगर्न प्रचण्डकाे आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका अघिल्ला पुस्ताका नेताहरुलाई सत्ताे श्राप नगर्न आग्रह गरेका छन् ।

साहना प्रधानको छैटौं स्मृति दिवसको अवसरमा आयोजित भर्चुअल अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले आलोचनात्मक दृष्टिकोण राखेर अघि बढ्न आग्रह गरेका छन् ।

‘युवा कमरेडहरु आत्तिनु भयो भने पनि केही निक्लँदैन। सबै सकियो नेताहरुले केही गरेनन्, सिद्धिसके भनेर अघिल्लो पुस्ताका नेताहरुलाई चाहिनेभन्दा धेरै सत्ताे-श्राप गरेर केही जन्मिनेवाला छैन,’ प्रचण्डले जोड दिँदै भने, ‘नेताहरुले जेजे भन्छन्, नेताहरुले भनेपछि ब्रह्मवाक्य भन्ठानेर पनि लिनु हुँदैन। हरेक विषयलाई क्रिटिक्कली हेर्नुपर्छ।’

कम्युनिस्ट आन्दोलनमा सहना प्रधानले सर्वोच्च स्थान हासिल गरेर सम्मानित जीवन बाँचेको प्रचण्डले स्मरण गरे । अबको कम्युनिस्ट आन्दोलन हाक्ने युवाहरु भएपनि चाहिने भन्दा धेरै आत्तिएर केही परिणम निकाल्न नसकिने प्रचण्डले जिकिर गरे।

आलोचनात्मक चेत बोकेर जीवनलाई तालमेल मिलाएर हिँड्ने व्यक्ति नै सफल हुने प्रचण्डले बताए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.