भारतद्वारा नेपालको शिक्षा क्षेत्रमा भएका पुर्ननिर्माण कार्यको छुट्टै बेभसाइट

काठमाडाैं । नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको डेडिकेटेड वेबसाइटको शुभारम्भ गरिएको छ।

भारत सरकारको सहयोगमा भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवालीले एक भर्चुअल कार्यक्रममा शुभारम्भ गरेका हुन्।

भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासहरु अन्तर्गत शिक्षा परियोजनाहरुसँग सम्बन्धित सबै जानकारीहरुका उक्त वेबसाइटमा उपलब्ध हुनेछ।

भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्धता अनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु निरन्तर अघि बढिरहेका छन्।

विशेष गरी आवास क्षेत्र अन्तर्गत गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरु मध्ये ४६ हजार घरहरु निर्माण भइसकेको छन्। यस्तै, ७० विद्यालयहरु, एउटा पुस्तकालय, १४७ स्वास्थ्य संरचनाहरु र २८ सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु सहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनर्स्थापना परियोजनाहरु पुनर्निर्माण र रेट्रोफिटिङका लागि कार्यान्वयनमा रहेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.