युवराज खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन् ।

करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार जानकारी दिए ।

‘निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ’, ज्ञवालीले भने, ‘उहाँले मन्त्रिस्तरकै सुविधा पाउनुहुनेछ।’ खतिवडा अर्थबाट बाहिरिएपछि नयाँ अर्थमन्त्रीको चर्चा भइरहेका बेलामा उनी प्रधानमन्त्रीका विशेष सल्लाहकार भएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.