अस्पतालमा गएर कुटपिट गर्ने तीनजना पक्राउ

काठमाडाैं । काठमाडाैंकाे रानीबारीमा एक हप्ता अगाडि कुटपिट संलग्न तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । एक साताअघि भलिबल खेलमा भएको विवादलाइ लिएर रानीबारीका तीनजनालाई प्रहरीले पक्राउ गरेको काठमाडाैँ परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठाैरले बताए ।

उनका अनुसार एक हप्ताअघि भएको भलिबल खेलमा विवाद हुँदा ढुंगेधाराका युवाहरूले रानीबारीमा आएर चारजनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट रानीबारीका चारैजना गम्भीर घाइते भएका थिए।

घाइते भएका उनीहरूलाइ मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। तर रानीबारीका युवाहरू त्यहा पनि आएर कुटपिट गरेका थिए, जसमा तीनजना पक्राउ परेका छन् भने ६ जना फरार रहेका छन् । पक्राउ परेका तीनजनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.