कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फाले

एजेन्सी । कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले बताएका छन्।

ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ। रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन्।

चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरे जागिरबाट हटाउने धम्की दिने गरिएको चिकित्सकहरूको भनाइ छ।

समाचारहरूमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो।
रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.