संसदीय समितिको निर्देशन: देशभरका क्वारेन्टीन व्यवस्थित बनाउ

काठमाडौं । संसदीय समितिले क्वारेन्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाकाे महिला तथा सामाजिक समितिको शुक्रबार बसेको बैठकले क्वारेन्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौन हिंसाका घटनाहरु बढेको भन्दै समितिले मर्यादित र सुरक्षित क्वारेन्टीनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिईन।

देशभरका क्वारेन्टीनहरु व्यवस्थित नभएको, गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको सांसदहरुले बताएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.