स्थायी कमिटी सदस्यहरू प्रचण्डलाई भेटेर बुझाए ६ वटा एजेण्डा

काठमाडाैँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका असन्तुष्ट स्थायी कमिटी सदस्यले आज साँझ कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

बिहीबार दिउँसो पार्टी कार्यालयमा भेला भएका १८ जना स्थायी कमिटी सदस्यले साँझ खुमलटार गएर प्रचण्डलााई छिटो भन्दा छिटो स्थायी कमिटी बैठक राख्न माग गरेको १ स्थायी कमिटी सदस्यले बताए ।

बिहीबार भएको भेलाले स्थायी कमिटीका एजेण्डा पनि तय गरेको खुमलटार पुगेका १ स्थायी कमिटी सदस्यले बताए । उनले भने, ‘बिहीबारको भेलाले स्थायी कमिटीका बैठकका एजेण्डा पनि तय गरेका छन्, जुन एजेण्डा हामीले अध्यक्ष कमरेडलाई बुझाएका छौँ ।’

प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बैठक छिट्टैै बोलाउने आश्वासन दिएको ती सदस्यले बताए । उनले भने, ‘अध्यक्षलाई भेटेर हामीले बैठक नबस्नुको कारण र कहिले बस्छ भनेर सोधेका थियौँ । उहाँले अर्का अध्यक्षसँग छलफल गरेर छिट्टै बोलाउने बताउनु भयो । अहिले अलि तयरी नपुगेकाले बस्न नसकेको हो ।’

प्रचण्ड भेट्न गएका स्थायी कमिटीका सदस्यले ६ बुँदे एजेण्डा पनि बुझाएको ती सदस्यले बताए । अब बस्ने स्थायी कमिटीको बैठकमा कोरोना भाइरसको महामारी पहिलो एजेण्डा छ । अनि अहिले सरकारमाथि उठेका भ्रष्टाचार र अनियमिताका कुरा रहेको ती सदस्यले बताए । उनले भने, ‘कोरोनाको महामारी छ । सरकारले गरेका कामहरूका बारेमा धेरै प्रश्न उठेका छन् । यसको जवाफ हामी बैठकमा माग्ने छौँ ।’

अन्य एजेण्डामा विदेशमा रहेका नेपालीलाई कसरी स्वदेश ल्याउने भन्ने छ । यसबारेमा छलफल हुने छ । आगामी बजेट, सरकार र पार्टीको कामको समिक्षा र पार्टी एकताको बारेमा कुरा हुने ती सदस्यले बताए ।

बिहीबार बस्ने भनेको स्थायी कमिटीको बैठक स्थगित भएपछि १८ जना स्थायी कमिटी सदस्य पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका थिए ।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.