१० क्रिकेटर्सलाई कोरोना संक्रमण

जेन्सी । पाकिस्तानमा १० क्रिकेटर्सलाई कोरोना संक्रमिण भएकाे छ। क्रिकेट बोर्डले मंगलबार उसका सात खेलाडी फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज – को कोरोना संक्रमित भएको पुष्टि गरेको छ।

यसअघि सोमबार पाकिस्तान क्रिकेट बोर्डले शादाब खान, हरिस रउफ र हैदर अलीबाट कोरोना संक्रमित भएको बारेमा जानकारी दिएको थियो। यसरी पछिल्ला दुई दिनमा कुल १० जना पाकिस्तानी क्रिकेटरहरु कोरोना संक्रमणबाट प्रभावित भएका छन्।

परीक्षण नकारात्मक भएका खेलाडीहरु भने जून २८ मा इल्यान्डको लागि प्रस्थान गर्नेछन्। पाकिस्तान क्रिकेट टीमले इ्ल्यान्डसँग तीन टेस्ट र तीन टी-२० खेलको श्रृंखला अगस्टमा प्रस्तावित गरेको छ।

पाकिस्तानमा कोरोना संक्रमणको घटना लगातार वृद्धि भइरहेको छ। हालसम्म पाकिस्तानमा एक लाख ८५ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन जबकि तीन हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.