काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक महोत्सव मनाएको छ ।
दूतावासभित्र बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाल–भारतका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा विभिन्न दलका नेता, सांसदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
नेपाल र भारतका परम्परागत परिकारको व्यवस्थाको साथै ‘पिङ’ खेलको पनि आयोजना गरेको थियो ।
1/2 @IndiaInNepal celebrated shared cultural heritage of 🇮🇳 &🇳🇵on the occasion of Dashain, Tihar, and Chhath. The evening featured cultural performances by 🇳🇵 bands Sur Saptak and Kanta dAb dAb, showcasing ethnic, folk, fusion, & contemporary music that captivated the audience. pic.twitter.com/HaQLtOC9H3
— IndiaInNepal (@IndiaInNepal) October 17, 2024