भारतले दियाे बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री

काठमाडाैं । भारतले नेपालका बाढी तथा पहिराे पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण गरेकाे छ ।

नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरे ।

काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासका अनुसार अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको राहत सामाग्री हस्तान्तरण गरिएकाे हाे ।

राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर रहेकाे दूतावासले जनाएकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.