ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ २४ लाखसहित पक्राउ

काठमाडाैं । ठमेलमा जुवा खेलिरहेका पाँच चिनियाँ नागरिक करिब २४ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

ज्याठास्थित वाङ स्युयाछयाङले सञ्चालन गरेको क्वान छी होटेल एन्ड रेस्टुरेन्टमा छापा हानी प्रहरीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू फिस सुट नामक जुवा खेल्दै आएका थिए।

प्रहरीले २३ लाख ९८ हजार नगद, दुईवटा माजोङ सेट र ३६० वटा गोटीहरू बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध कारबाही अघि बढाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.